१२ मंसिर २०८३, शुक्रबार
अस्ट्रेलियालाई चीनको चेतावनी
क्यानबेरा । आफुमाथि अस्टे्रलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको छ ।
चीनमा अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरेको आरोपमा अस्ट्रेलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको हो । चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई चीनले सहज रुपमा नलिने अस्ट्रेलियाका लागि चिनियाँ राजदूत चेङ जिङयेले चेतावनी दिएका हुन् ।
चीनमा मानवअधिकार हनन भएको आरोप झुटो रहेको राजदूत चेङले क्यानबेरास्थित भर्चुअल प्रेस सम्मेलनमा बताए । सम्मेलनमा सिन्जियाङ क्षेत्रको सकारात्मक पक्षलाई भिडियो मार्फत प्रस्तुत गरेको थियो । सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उईघुर समुदायमाथिको दमनलाई अस्ट्रेलियाले नरसंहारको संज्ञा दिदै चीनको आलोचना गर्दै आएको छ । स्रोत नाईन न्युज
Subscribe
Login
0 Comments


