कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको मतगणनामा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
अहिलेसम्म २ हजार ६ सय ७७ मत गणना हुँदा देउवाले १२६५ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ९८० र प्रकाशमान सिंहले २०४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १६५ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १२ मत मात्र प्राप्त भएको छ ।
मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो ।


