आउने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अभियानमा लाग्ने
काठमाडौं । गरिब र द्वन्द्वबाट पीडितहरुको निःशुल्क उपचारमा संलग्न यमनमा रहेका भ्रष्टाचारविरोधी अभियन्ता डा. गोविन्द केसीले आफू नेपाल फर्कन हतारमा रहेको र आउने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अभियानमा लाग्ने बताएका छन् ।
यमनबाट आफ्ना एक जना पुराना मित्रलाई पठाएको सन्देशमा उनले ओलीलाई ‘अपराधी’ भन्दै ओली निरन्तर अपराधमा लिप्त रहेको बताएका छन् । डा. केसीको उक्त सन्देश झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्व विद्यालयको सम्बन्धन दिने निर्णयपछि आएको छ ।
डा. केसी भन्छन्, ‘उनको अतीत् निर्दोष व्यक्तिको हत्याबाट कलंकित छ, र अहिले सम्म दण्डहीनताबाट फाइदा उठाउँदै त्यस्तै आपराधिक कार्य निरन्तरता दिइरहेका छन् उनले। वस्तवमा त्यसलाई तिव्रता दिँदैछन् उनी ।’ ‘उडान सुरु हुना साथ म स्वदेश फर्कनेछु र ओलीलाई दोषी ठहर गर्ने गरी अभियान सुरु गर्ने छु’, उनले भनेका छन् ।


