आजाद जम्मु काश्मीरका नेताको आरोप चुनावमा धाधली गर्दै पाकिस्तान सरकार
एजेन्सी । पाकिस्तानमा तेहरिक इ इन्साफ (पीटीआई) का नेताले आजाद जम्मु काश्मीर सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।
आजाद जम्मु काश्मीर सरकारले आगामी हुने विधान सभा चुनावका लागि धाँधली सुरु गरेको आजाद जम्मु काश्मीरका पीटीआई अध्यक्ष ब्यारिस्टर सुल्तान महमुद चौधरीले आरोप लगाएका छन् ।
ब्यारिस्टर चौधरी सत्तारुढ दल पीटीआईको आजाद जम्मु काश्मीरस्थित अध्यक्ष हुन् । आजाद जम्मु काश्मीर सरकारले आगामी हुने विधान सभा चुनावका लागि धाँधली सुरु गरेको उनको आरोप छ ।
विभिन्न प्रान्त तथा निर्वाचन क्षेत्रहरुमा सडक तथा अन्य परियोजनाका लागि छुट्याईएको बजेटहरु विपक्षी दल पाकिस्तान मुस्लिम लिग नवाज (पीएम्एल् एन्) कार्यकर्ताहरुमा बाँडफाँड गरेर आगामी चुनावका लागि धाँधली गरेको चौधरीले बताए ।
यसअघि पनि पीएम्एल् एन् ले आफ्नो सरकारको समयमा चुनावलाई मध्यनजर गर्दै विकास परियोजनाका लागि बजेटहरु ल्याएको ब्यारिस्टर चौधरीले बताए ।
वर्तमान पीटीआई दलको सरकारले आजाद जम्मु काश्मीरको विकासलाई प्रमुख प्राथमिकतामा राख्दै धेरै बजेट उपलब्ध गर्दै आएको पनि उनले बताए ।
पीटिआई दल र प्रधानमन्त्री इमरान खानको विपन्नहरुका लागि नीति तथा कार्यक्रमकै कारण आजाद जम्मु काश्मीरमा पीटीआई दल लोकप्रिय रहेको पनि ब्यारिस्टर चौधरीले बताए ।


