आज थप मन्त्री मण्डल बिस्तार गर्ने तयारी
आज को को नयाँ मन्त्री बन्ने हुन सबैको चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । अपरान्ह ४ बजे शपथ ग्रहणको तयारी भैइ रहेको छ । मधेस केन्द्रित दल जसपा पनि सरकारमा सहभागी भए पश्चात् अब थप मन्त्री परिषदको बिस्तार हुने लागेको हो ।
हाल ७ वटा मन्त्रालय रिक्त थिए । स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी र नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइँदैछ । थापा पूर्वगृहमन्त्री थापाकी पत्नी हुन् ।
यस्तै, नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषि, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ । केपि ओलिले नयाँ मन्त्री बनाउदा अन्य पार्टीका को को आउन सक्छन् भन्ने आसले अलि कुरे हुन सक्ने अनुमान छ ।
यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते जसपाबाट ८ जना र २ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् हेरफेर गरेका थिए । अब थप मन्त्री सबै सपथ ग्रहण हुने कि पछि पुन बिस्तार हुने अहिले टुंगो न भएको श्रोतले बताएको छ ।


