१२ मंसिर २०८३, शुक्रबार

आज दशै टीका र इस्लामधर्मावलम्बी ” मोहम्मद डे ’ को रौनक

एसीपी संवाददाता

२९ आश्विन २०७८, शुक्रबार ०३:३५ मा प्रकाशित

२९ गते असोज २०७८ शुक्रबार । हिन्दूहरुको महान चाड पर्व दसैं तिहार संगै आउन लागेको इस्लाम धर्मवलम्बिहरुको महान पर्व ‘मोहम्मद डे’ को नेपालगन्जमा रौनक बढेको छ ।

इस्लाम धर्मवलम्बिहरुको महान पर्व मोहम्मद डे अर्थात मोहम्मद जन्मोत्सव कार्तिक २ गते मंग्लवार मनाउने भएको इस्लाम धर्म मान्नेहरुले बताउँछन् । यस दिन बाजागाजा धुमधामका साथ जुलुस निकालिन्छ ।

अहिले नेपालगन्ज बजारमा चहलपहल छ । नजिकदै गरेको मोहम्मद डे को अवसरमा नेपालगन्जमा तयारी तीब्र पारिएको छ । नेपालगन्ज एउटा सामाजिक सद्भावको सहर हो जहाँ भाईचारा छ । विभिन्न जातजाती मिलेर एकआर्काको सुख र दु:खमा मिलेर एकअर्का संग उभिएका हुन्छन ।

यहाँ प्राचीनकाल देखि नै सडक चोकमा दुर्गा मूर्ति स्थापना गर्ने, बर्षाैदेखि निरन्तर रामलिला तथा रावण बध, मुस्लिम समुदायको महान पर्व मोहर्रम, ईद, बकरइद, श्यामबाबा लस्कर, गुरुनानक पुजा, भण्डारा, तीज, दशै तिहार लगायतका राष्ट्रिय पर्वहरु अति सदभाव र समन्वयको साथमा सम्पन्न हुन्छन् ।

तर जसरी बिगतमा रौनकताका साथ दसैं, तिहार, मोहम्मद डे, लगायतका पर्वमा चहलपहल तथा रौनक देखिन्थियो पछिल्लो समय कम हुँदै आएको छ । यस वर्ष नेपालको पश्चिम् क्षेत्रकै चर्चित शक्तिपिठ माता बागेश्वरी मन्दिरमा खसै झिलिमिली, रोड लाईट, बत्ती बालिएको देखिदैन । त्यस्तै नेपालगन्जका विभिन्न चोक, टोलहरुमा दसैंमा नौ दुर्गाको मुर्ती कमै स्थापना गरिएको श्रद्धालुले बताउँछन् ।

अतः यस वर्ष रामलिला उत्सव पनि गरिको छैन । प्रत्येक वर्ष नेपालगन्जको रामलिला मैदानमा हुँदै आएको हिन्दुहरुको पबित्र प्राचीन महाकाव्य (रामायण) रामलिला पनि यश वर्ष गरिएको छैन । विभिन्न ठाँउबाट रामलिला देख्न नेपालगन्ज आउँदाथिए । तर यस वर्ष भने रामलिला बिनाको मैदान मात्र देखिएको नेपालगन्जवासीले बताउँछन् ।

तर चाडपर्व लगायतका कार्यक्रम सम्पन्न गर्दा एक समुदायले अर्काे समुदायलाई सहयोग गर्छन् । जस्तै मोहरममा हिन्दुहरुले मुस्लिमलाई साथ दिन्छन् भने दशैको दुर्गा मूर्तिहरु विसर्जन गर्दा मुस्लिम समुदायबाट पानी पिउने व्यवस्थापन हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x