१८ आश्विन २०८३, आईतवार

आफतावले इट्टा भट्टामा २० जना भन्दा बढिलाई पोलेको मुद्दा हेरेका थापाको नैतिकता पाठ

एसीपी संवाददाता

१७ जेष्ठ २०७८, सोमबार ०१:१३ मा प्रकाशित

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले आइतवार न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरलाई पनि विदामा बस्न भने । नेकपा एकता भंग गरी पूर्ववत अवस्थामा फर्काउने फैसला मागदाबी भन्दा बढि भएको र अहिले निवेदक त्यहीँ पार्टीसँग जोडिएका माधव नेपाल र प्रचण्ड भएको भन्दै थापाले न्यायाधीशमाथि निष्पक्षता र नैतिकताको प्रश्न उठाएका हुन् ।

यसरी न्यायाधीशमाथि औला उठाउने थापा आफू भने व्यवहारत: कति नैतिकवान छन् भन्ने प्रश्न पनि उठ्छ । हुन त वरिष्ठ र समकालीन भन्दैमा न्यायाधीश थर्काउने बानी परेका थापालाई नैतिकताको के मतलब ? उनीसँग न्यायाधीश त्यसै चुप लाग्छन् । आफूलाई बाघ सोच्ने थापा सबै सीमा नाघेर बहसमा उत्रिन्छन् । उनमा न्यूनतम नम्स पनि नभएको उनकै समकालीन बताउँछन् ।

यसको एउटा उदाहरण हो अफताब आलमको मुद्दा । मुद्दा लडिदिए वाफत महंगो फिस लिने थापाले पैसाका लागि मानवीयतासँग जोडिएको मुद्दामा समेत बहस गर्न पुगे ।

आफताव आलमले आफ्नो इट्टा भट्टामा २० जना भन्दा बढिलाई जिउँदै पोलेर मारेका थिए । आलम अहिले जेलमा छन् । यस्तो जघन्य अपराधका दोषीलाई छुटाउन वकालत गर्ने थापाले राजनीतिक मुद्दा फैसला गरेका न्यायाधीशमाथि प्रश्न उठाएर आफ्नै पेशाको खिल्ली उडाएका छन् ।

अरुमाथि प्रश्न उठाउन कम्तिमा आफू स्वच्छ हुनुपर्छ । तर यहाँ त्यो देखिएन । आफ्नो शैलीमा इजलासमा उपस्थित न्यायाधीश मात्र होइन प्रधानन्यायाधीश माथि नै औला उठाए । उनको ध्यान आफ्नो अनुकुल न्यायाधीश आउनुपर्छ भन्नेमा थियो । तर उनलाई महान्यायाधिवक्ता रमेश बडालले राम्रैसँग औकात सम्झाएका छन् । नैतिकहिन मान्छेले अरुलाई नैतिकता सिकाउन नमिल्ने जवाफ इजलासमै दिए । आचारसंहिता विपरीत काम नगर्न चेतावनी दिँदै कारवाही हुनसक्ने पनि सचेत गराए । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x