१२ आश्विन २०८३, सोमबार

आयरल्याण्ड र डेनमार्कद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

एसीपी संवाददाता

४ असार २०७८, शुक्रबार ०७:२३ मा प्रकाशित

आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामाग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग गरिएको सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर लगाएत छन् । स्वास्थ्य सामग्रि बुझ्दै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले प्रभावित क्षेत्रमा स्वास्थ्य सामाग्रीको उचित प्रयोग गरिने प्रतिवद्धता जनाउनुभयो । नेपाललाई कोरोना महामारीमुक्त बनाउनका लागि सवैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न उहाले आग्रह गर्नुभयो ।

युरोपेली युनिएनको कार्यक्रम अन्तर्गत यसअघि पनि बिभिन्न राष्ट्रले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x