३२ असार २०८३, बिहीबार

इजरायलसँगको युद्धविराम वार्ता 6 सय 20 प्यालेस्टिनी बन्दीहरूको रिहाइ नभएसम्म स्थगित

एसीपी संवाददाता

१३ फाल्गुन २०८१, मंगलवार ०८:०१ मा प्रकाशित

नुर मोहम्मद अन्सारी
हामासले इजरायलसँगको युद्धविराम वार्ता 6 सय 20 प्यालेस्टिनी बन्दीहरूको रिहाइ नभएसम्म स्थगित गरेको छ। यी बन्दीहरूलाई शनिबार रिहा गर्ने योजना थियो ।  तर इजरायलले ‘अपमानजनक बन्धक हस्तान्तरण’ को कारण देखाउँदै रिहाइ स्थगित गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हामासले बारम्बार सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै, थप बन्धकहरूको रिहाइ सुनिश्चित नभएसम्म प्यालेस्टिनी बन्दीहरूको रिहाइ स्थगित गरिएको जनाएको छ।

यसैबीच, इजरायली सेनाले दुई दशकपछि पहिलो पटक ट्याङ्कहरूलाई पश्चिम तटको जेनीन क्षेत्रमा प्रवेश गराएको छ। यो कदम इरान समर्थित लडाकु समूहहरूलाई दबाउन गरिएको सैन्य अभियानको हिस्सा हो। यस अभियानका कारण करिब 40,000 प्यालेस्टिनीहरू विस्थापित भएका छन्।

हामासले इजरायलको यो कदमलाई युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ भन्दै आलोचना गरेको छ। इजरायलको यो निर्णयले क्षेत्रीय तनावलाई थप बढाएको छ, र आगामी वार्ताहरूको भविष्य अनिश्चित देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x