१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने सरकारसँग देश चलाउन पैसा छैन अन्य देशबाट ऋण लिनुपर्ने बाध्यता

एसीपी संवाददाता

१८ मंसिर २०७८, शनिबार १०:२२ मा प्रकाशित

१८ गते मङ्सिर २०७८ । पाकिस्तानका ‘वजीर आजम’ इमरान खानले मंगलबार एक कार्यक्रममा आफ्नो कार्यकालमा पाकिस्तानको अवस्था दयनीय भएको स्वीकार गरेका छन् ।  इमरान खानले सरकारसँग देश चलाउन पैसा नभएकाले अन्य देशबाट ऋण लिनुपर्ने बताएका छन् ।  इमरान खानले विदेशी ऋणको बृद्धि र कर राजस्वमा आएको कमी राष्ट्रिय सुरक्षाको समस्या भएको र जनताको हितमा खर्च गर्न सरकारसँग पर्याप्त स्रोत नभएको बताए ।

ट्रिब्यूनका अनुसार इमरान खान इस्लामाबादमा फेडरल बोर्ड अफ रेभेन्यूको पहिलो ट्र्याक एण्ड ट्रेस प्रणालीको उद्घाटनमा सहभागी भएका थिए।  उनले भने, ‘हाम्रो सबैभन्दा ठूलो समस्या भनेको देश चलाउने पैसा छैन ।  त्यसैले हामीले अन्य देशबाट ऋण लिनुपर्छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x