२ जेष्ठ २०८१, बुधबार

इलाममा खोई माओवादीको भोट ?

एसीपी संवाददाता

१७ बैशाख २०८१, सोमबार १०:३८ मा प्रकाशित

प्रमाणका लागि फाकफोकथुम वडा नम्बर १ को नतिजा हेरौं ।

गत स्थानीय चुनावमा वडा नम्बर १ मा कांग्रेस र माओवादीका बेग्लाबेग्लै उम्मेदवार थिए । कांग्रेसका वडाध्यक्ष कर्णबहादुर लिम्बुले एक्लै ८०४ भोट ल्याएर जितेका थिए । यहाँ माओवादीका भोजबहादुर बोहोराले २२६ मत ल्याएका थिए । एमालेका बेगबहादुर निरौलाले ४७७ मत पाएका थिए ।

उपचुनावमा वडा नम्बर १ बाट एमाले र माओवादी मिल्दा यहाँ ७ सयको हाराहारीमा मत खस्नुपर्ने हो । तर, सुहाङले ५३४ मत मात्रै पाएका छन् । कांग्रेसको मत पनि ८ सय बाट घटेर ६५७ मा झरेको छ । एमालेको भागमा विगतको भन्दा ६७ मत मात्रै थपिएको छ । यसले प्रश्न जन्माएको छ– आखिर कहाँ गयो माओवादीको २२६ मत ?

स्थानीय चुनावमा वडा नम्बर २ मा कांग्रेस र माओवादी मिल्दा ७१४ मत आएको थियो । एमालेले एक्लै ७०७ मत ल्याएको थियो । तर, अहिलेको उपचुनावमा यो वडामा एमालेको मत ७ सयबाट घटेर ५२९ मा खुम्चिएको छ । माओवादीले सघाउँदा मत बढ्नुपर्ने उल्टो पहिलेको भन्दा घटेको छ । यो वडामा त माओवादीले एमालेलाई भोटै दिएको देखिएन । कांग्रेसले पहिले माओवादीसँग मिल्दा ७ सय ल्याएको थियो, अहिले ४८८ मा झरेको छ । यो वडामा पनि प्रश्न उब्जेको छ- कहाँ गयो माओवादीको मत ?

फाकफोकथुम वडा नम्बर २ बाट पूर्वमाओवादीसमेत रहेका मिलन लिम्बु (रास्वपा)को पक्षमा ९४ मत खसेको छ भने स्वतन्त्र मुढामा १२४ मत परेको छ । कतै माओवादीको मत एमालेमा नपरेर त्यता खसेको त होइन ? प्रश्न गर्ने ठाउँ छ ।
अब वडा नम्बर ३ को माओवादी मत हेरौं ।

गत स्थानीय चुनावमा फाकफोकथुम वडा नम्बर ३ मा एमालेले एक्लै  जितेको थियो । यहाँ एमालेका दिपेन्द्र लिम्बुले एक्लै ७५८ मत ल्याएका थिए । कांग्रेसका उपेन्द्र पौडेलले एक्लै ६७२ मत ल्याएको थियो । माओवादीका ठटबहादुर राईले वडाध्यक्षमा २९ मत ल्याएका थिए ।

अहिले उपचुनावमा माओवादीले सघाएका बेला सुहाङले स्थानीय चुनावमा एमालेले एक्लै पाएको भन्दा कम मत बटुलेका छन् । यहाँ सुहाङको पक्षमा ५५८ मत मात्र परेको छ । जबकि स्थानीय चुनावमा एमालेले एक्लै ७५८ मत पाएको थियो । माओवादीको २९ मत थपिनुपर्नेमा एमालेले यस वडाबाट २ सय मत गुमाएको छ ।

हुन त वडा नम्बर ३ मा कांग्रेसको मत पनि ६७३ बाट घटेर ५०३ मा खुम्चिएको छ । नयाँ भनिएका मुढा र घण्टीले यस वडाबाट क्रमशः ११७ र ९७ मत लगेका छन् । प्रश्न त यो वडामा पनि उही नै छ- खोई माओवादीको मत ? सुहाङले किन पाएनन् माओवादीको भोट ? / खबरहब बाट 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x