इस्लामिक स्टेट खुरासानलाई नछोड्ने अमेरीकाको चेतावनी
एजेन्सी । अमेरिकाले अफगानिस्तानमा सैन्न्य हमला जारी राख्ने जनाएको छ । काबुलमा भएको बिस्फोट पछि सैनिक कार्यवाही जारी रहने जनाएको हो । अमेरिकि राष्ट्रिय सुरक्षा सलाहकार जेक सुलिवनका अनुसार काबुल एयरपोर्टमा हमला गर्नेविरुद्ध अफगानिस्तानमा कारबाही जारी राख्ने चेतावनी दिएका हुन ।
उलने भने राष्ट्रपति जो बाइडेन नयाँ युद्ध सुरु गर्ने पक्षमा नरहेपनि विमानस्थलमा हमला गर्ने इस्लामिक स्टेट आईएसएसके खुरासानलाई भने नछोड्ने प्रष्ट पारेका छन । हमलामा शामिल समूहले अफगानिस्तान बाहिर कुनै पनि गतिविधि गर्न नसक्ने भए पनि त्यहाँ उसले आफ्नो क्षमता विस्तार गर्न सक्ने बताए ।
अमेरिकाले काबुल विमानस्थलमा आत्माघाति विष्फोटका लागि आउँदै गरेको एउटा सवारी साधन ड्रोन हमलाबाट नष्ट गरेको जनाएको छ । अमेरिकी सेना अहिले काबुल विमानस्थल आफ्नो कब्जा राखेको हो । अफगानी नागरिक सहित विभिन्न देश नागरिक जो अफगानिस्तान छोडना चाहन्छन उनिहरु उद्दारमा लागेका छ्न । काबुल बिमानस्घलमा गराईएको बिस्फोटमा १३ जमा अमेरिकि र्सैनिकको पनि मृत्यु भएको थियो ।


