अफगानिस्तानबाट ईन्डियन एयरलाइन्सको माध्यमले ११ जना नेपालीको उद्दार – परराष्ट मन्त्रालय
अफगानिस्तानबाट बिहीबार थप ११ जना नेपालीको उद्धार गरिएको छ । ईन्डियन एयरलाइन्सको बिमानले आफ्न नागरिकको उद्दार गर्नुका साथै नेपालीहरुलाई समेत उद्दार गर्दै आएको छ । अफगानिस्तानबाट उद्दार गरिएका नेपालीहरुलाई नयाँदिल्ली ल्याइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली ल्याइएको हो। काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी काबुल विमानस्थलनजिक राखिएको पनि परराष्ट्रले जनाएको छ। भारत सरकारको : मिसन सुकुन ” मार्फत अहिले भारतिय नागरिकहरु उद्दार गर्न ईन्डियन एयरलाईन्स सक्रिय रहेको हुँदा नेपालीहरुको उद्दारमा सहज भएको छ । भिसा भएकाहरु सनाखत गरि भारतको नयाँ दिल्ली हुदै आफ्न घर फर्किन सहज भएको छ । अफगानिस्तानमा
विमानस्थलबाहिर जम्मा भएको भिडका कारण एकीकृत गरिएका उनीहरूलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा समन्वय त्यहीँ स्थित दूतावास जनाएको छ । दूतावासको सहयोगमा नेपालीहरुको पहिचान गरि भारतिय एयरलाइन्सको सहयोगमा नेपाल ल्याउन लागेको हो । नेपालीहरुको उद्दार गरि अमेरिका बेलायत लगाएतका देशबाट नेपाल सरकारले पहल शुरु गरेको हो ।
अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँदिल्लीमा रहेकाहरूलाई काठमाडौं ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन–अवतरण हालसम्म पनि खुलिसकेको छैन।


