उद्योग , बन मन्त्रीद्वारा पदभार ग्रहण
नवनियुक्त वनमन्त्री नारदमुनि रानाले पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात रानाले पदभार ग्रहण गर्नुभएको हो । पदभारपछि मन्त्री रानाले चूरे क्षेत्रको संरक्षणमा प्रतिवद्ध रहेको बताउनुभयो । नेपालका बहुमुल्य जडिबुटिको संरक्षण लगाएत वन क्षेत्रको संरक्षणका लागि आवश्यक कार्यक्रम ल्याइने उहाको भनाइ छ । संविधान, वन ऐन, नियमावली र निर्देशिका जनताको हितमा कार्यान्वयन गरिने उहाले बताउनुभयो ।
यस्तै बिहीबार नै आशा कुमारी विकले पनि वन राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ
यसै बीच नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कोरोनाका कारण असर परेको औधोगिक क्षेत्रलाई गतिशिल बनाउन ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री यादवले कोरोनाबाट आम जनताका साथै मुलुकको आर्थिक क्षेत्रमा पनि निकै ठूलो असर परेको भन्दै यस क्षेत्रलाई गतिशिल बनाउन ध्यान केन्द्रीत गर्ने बताउनुभएको हो । आफुलाई प्रधानमन्त्रीले दिएको जिम्मेवारीलाई सफलताका साथ पूरा गर्ने उहाको भनाई छ । उहाले औधोगिक क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको र त्यस्ता क्षेत्रलाई राज्यसंग जोडेर अघि बढ्ने बताउनुभयो ।
चीनको बुहानबाट शुरु कोरोनाको तेश्रो संक्रमणको लहर बेलायतमा शुरु
उहाले आफुले मन्त्रालयका सवै कर्मचारीको साथ र सहयोगमा नै अघि बढ्ने जिकिर गर्नुभयो ।


