१२ आश्विन २०८३, सोमबार

उपत्यकासहित देशभर ६४ वर्ष उमेरका व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाउदै

एसीपी संवाददाता

२५ जेष्ठ २०७८, मंगलवार ०८:३८ मा प्रकाशित

काठमाडौं उपत्यकासहित देशभर ६४ वर्ष उमेरका व्यक्तिलाई मंगलबारबाट कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिन सुरु गरिएको छ ।

खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ । काठमाडौं उपत्यका बाहिरको हकमा भने ६२ देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिले खोप लगाउन पाउने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिका वडा नंवर १० का अध्यक्ष राम कुमार केसीले सरकारले तोकेको मापदण्ड अनुसार नै खोप लगाउनु सुरु गरेको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन सुरु गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x