१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्रलाई महन्त ठाकुरको अर्को चुनौती यादवको पदनै संकटमा

एसीपी संवाददाता

१६ श्रावण २०७८, शनिबार ०३:०७ मा प्रकाशित

काठमाडौं । जालझेल र तिकडम गरेर उपेन्द्र यादवले जनता समाजवादी पार्टी हड्प्न सफल भएका छन् । एक वर्षअघि जसले पार्टी फुट्नबाट जोगाइदिएर, एकताबाट बलियो नेता बनाइदिए उसैलाई चुनौती दिँदै उपेन्द्र र बाबुराम भट्टराई जालझेलपूर्ण तरिकाबाट जसपा कब्जा गर्न सफल भए । सत्ता र पैसाको प्रलोभनमा पार्टी त हडपे । तर प्रथम अध्यक्ष महन्थ ठाकुरलाई सिध्याउने उपेन्द्रको रणनीति भने फेल भएको छ । ठाकुर पक्षलाई पार्टीवहीन बनाउने, जनप्रतिनिधि पद खोस्ने यादव र भट्टराईको षडयन्त्रले फेल खाएको छ ।

मधेस मुद्दा सम्बोधन गराउँदा पार्टी नै कब्जा भए पनि राजनीतिक एजेण्डा भने ज्युँदै छ । जनप्रतिनिधि पद छँदैछ । अब यो विषयमा साउन १५ गते सर्वोच्च अदालतले पनि बोल्ने नै छ । पार्टीको आधिकारिकता यादवलाई दिएको निर्वाचन आयोगले पनि सांसद पदबाट कारवाही गर्न मिल्ने भनेको छन् ।

तर बाहिर महन्थ ठाकुर पक्षको सांसद पद पनि जाने भनेर चर्चा भइरहेका बेला एउटा यस्तो कानुन फेला परेको छ जसले इन्द्रेको बाउ चन्द्रे आए पनि इन्तु परन्तु कारवाही गर्न सक्दैन । मुख्य गरी राजनीतिक दल सम्बन्धी ऐनको तीन वटा नियमले ठाकुर पक्षको पद जाने छैन । नयाँ दल खोल्दैमा पद नजाने भएको हो ।

त्यसकारण जसपाको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको फैसलाअनुसार नयाँ दल दर्ता गर्दा सांसद पद नजाने निश्चित भएको छ । यससँगै एक वर्षअघि राजनीति जोगाइदिएका महन्थलाई सत्ताका लागि पार्टीबाट रोडमा ल्याउन खोजेका उपेन्द्रलाई धक्का लागेको छ । अब महन्थले अर्को पार्टी बनाएर यादव र भट्टराईलाई टक्कर दिनेछन् ।

यस्तो छ कानुन :

(क) ठाकुर पक्षले गठन गर्ने नयाँ दल राजनीतिक दलम्बन्धी ऐनको दफा ४४ (६) अनुसार दर्ता हुने हो । त्यो भनेको आधिकारिकता विवादको ‘उपउत्पादन’ स्वरुप ‘छुट्टै राजनीतिक दल’ बन्ने हो । बहुमत प्राप्त गर्ने पक्षलाई दलको आधिकारिकता दिएपछि अर्को पक्षलाई दल दर्ताको अवसर दिनुपर्ने कुरा कानुनीमै प्रष्ट छ । अल्पमतमा पर्ने पक्षलाई सांसद पद रहँदैन तर पनि नयाँ दल दर्ता गर भन्न मिल्दैन ।

(ख) ठाकुर पक्षले दर्ता गर्ने दल राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार (वा शून्यबाट) गठन गर्ने होइन । उनीहरु आयोगमै दर्ता रहेको दलमा एउटा पक्षले आधिकारिकता पाउँदा आयोगकै आदेश अनुसार दर्ता हुने ‘छुट्टै राजनीतिक दल’ हो । ठाकुर पक्षले जसपा छाडेर दफा ४ अनुसार दल दर्ता गरेको खण्डमा मात्रै दफा ३२ (१) (ग) अनुसार ‘नयाँ दल गठन गरेको’ मानिन्छ र दल त्याग आकर्षित हुन्छ । यहाँ त दफा ४४ (६) अनुसार नयाँ दल सिर्जना हुने हो ।

(ग) आधिकारिकता विवादकै कारण जननिर्वाचित सांसदको पद सामूहिक रुपमा खारेज हुन सक्दैन । दलका आन्तरिक व्यवस्थापनको प्राविधिक विषयलाई आधार बनाएर ‘सामूहिक रुपमा’ सांसदको पद खारेज गर्ने हो जननिर्वाचित प्रतिनिधिको अवमुल्यन हुन्छ । माओवादीबाट निर्वाचित, नेकपा हुँदै एमाले आएका स्थानीय तहका १७ भन्दा बढी पदाधिकारीले दल त्याग गरेको भन्दै पद मुक्त गराउने माओवादीको निर्णयलाई सर्वोच्चले कार्यान्वयन नगर्न रोक लगाएको धेरै भएको छैन ।

त्यसकारणः आधिकारिकता विवादबाट नयाँ दल बन्दा साविकको दल त्याग गरेको र त्यसबाट जननिर्वाचित पद खारेज हुन नसक्ने पत्रकार एवं अधिवक्ता प्रकाश ढकाल बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x