उपेन्द्र यादव फेरि अर्को बिवादमा ; सांसदबाट सरिता गिरिलाई कसरी हटाइयो कारण देखाउ आदेश
सर्वाेच्च अदालतले सरिता गिरीलाई सांसदबाट पदमुक्त गरिएकोबारे कारण देखाऊ आदेश जारी गरेको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकबलाई समेटेर नेपालले मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेर जारी गर्दा विवादास्पद अभिव्यक्ति दिएपछि सरिता गिरीलाई सांसदबाट पदमुक्त गरिएको थियो ।
पदमुक्त निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सहभागी संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
उक्त इजलासले बाटोको म्यादबाहेक १५ दिनभित्रमा कारण देखाउन विपक्षीहरूका नाममा आदेश जारी गरेको हो ।
गिरीलाई सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन भएको एक वर्ष भइसकेपछि शुक्रबार सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो ।
एक बर्ष प्रहिले इस्तियाक राई टोलिले गरेको कार्यवाही का समाचारको हुबहु ।
पार्टी पदाधिकारी बैठकले महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले गरेको सिफारिशका आधारमा गिरिलाई कारबाही गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्शाअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरिले संशोधन प्रस्ताव दर्ता गराएको र पार्टीले फिर्ता लिन निर्देशन दिँदा पनि नमानेपछि यो कारवाही गरिएको हो ।समाजवादी पार्टी भने नक्शालाई संविधानमा अद्यावधिक गर्ने पक्षमा रहेको थियो । संसदका सबै दलको सहमतिमा संविधान संशोधन गरिएको थियो ।
पार्टी सचिव एवं कार्यदल सदस्य मोहम्मद इस्तियाक राईले गिरिलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिइने बताउनुभयो ।
जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टी संशोधनका पक्षमा उभिए पनि गिरिले संशोधनविरुद्ध राखेको प्रस्ताव फिर्ता नलिएकाले पार्टी रुष्ट बनेको थियो ।
यसबारेमा पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरिले पार्टी निर्देशन अवज्ञा गरेको ठहर गर्दै कार्वाहीका लागि सिफारिश गरेको हो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।


