उपेन्द्र यादव र बाबुरामको अर्को कर्तुतको पर्दाफास,पार्टीको बदनाम गरेपछी जसपाद्वारा प्रमाण भयो सार्वजनिक!
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट एण्ड हाउस प्रालिको बिल चुक्ता गरेका छन् ।
आफ्ना स्वकीय सचिव सत्यन्द्र मिश्रामार्फत ठाकुरले ९० हजार ६१ रुपियाँ तिरेका हुन् । मिश्रले वैशाख ३१ गते रिसोर्टमा पुगेर पैसा तिरेको डोलेश्वर भिलेज रिसोर्टले जनाएको छ ।
जसपाभित्र उपेन्द्र यादव र बाबुराम भट्टराईले अटेर गरेर विवाद झिकेपछि ठाकुरले रणनीति बनाउन आफ्ना सांसदहरूलाई रिसोर्टमा राखेर पार्टीभित्रको समीकरणको जानकारी गराएका थिए ।
उपेन्द्र र बाबुरामका कारण जसपा समस्यामा परेपछि ठाकुरले आफू निकटका सांसदलाई रिसोटमा पुर्याएका थिए । ठाकुरले सोही रिसोर्टबाट जसपालाई एक बनाउने रणनीति बनाएका छन् ।
ठाकुरको रणनीतिपछि उपेन्द्र र बाबुरामको होस उडेको छ । उनीहरू तनावमा परेका छन् । ठाकुरले पार्टी कब्जा गरेको भनेर विभिन्न खालका रुन्चे स्वरमा विरोध र प्रोपोगाण्डाहरू गर्ने गरेका छन् । साइबर सेलले नेकपा एमालेका नेता महेश बस्नेतलाई जसपाका शीर्ष नेतृत्वहरूको बिरोधमा समाजिक सञ्जालमा विषबमन गर्न शुरु गरेका छन् ।
जसपाका सांसद, सहयोगीलगायत ३० जनाले खाना खाएका थिए । बैठकका लागि हलको ११ हजार चार्ज तिरिएको छ । त्यसमा हाई टीको व्यवस्था थियो ।
लञ्च प्याकेजमा एक जना बराबर १४९० रुपियाँ तिरिएको छ । लञ्च ३० जनाले खाएका छन् ।
ठाकुर समूहले आफ्ना सांसदहरूलाई रिसोर्टमा राखेर लाखौँ रुपियाँ खर्च गरेको भनेर चर्चा भइरहेका बेला जसपाले रिसोर्टमा तिरेको बिल सार्वजनिक गरेको छ । बिल जसपाको नाममा काटिएको छ । बिल भने ठाकुरले तिरेका छन् । नेपालपाना


