१२ मंसिर २०८३, शुक्रबार

एमसिसीको अनुदानबाट बन्ने प्रसारण लाईनलाई स्वीकृती

एसीपी संवाददाता

५ जेष्ठ २०७८, बुधबार ०४:०४ मा प्रकाशित

काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा बन्ने प्रसारण लाइन आयोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको छ । आयोजनामा एमसीसीको अनुदानसहित नेपाल सरकारको पनि लगानी रहनेछ ।

प्रतिवेदनमा आयोजना कार्यान्वयन गरिने स्थानका भौतिक, जैविक, सामाजिक–आर्थिक तथा सांस्कृतिक वातावरणको वर्तमान अवस्था पहिचान र सम्भावित प्रभाव न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायहरूबारे सुझाव पनि प्रस्तुत गरिएको एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए ।

प्रतिवेदन निर्माण गर्न आयोजना कार्यान्वयन गरिने १० जिल्लाका ३० वटै गाउँपालिका तथा नगरपालिकामा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतिवेदन स्वीकृतिपछि अब एमसीए–नेपालले राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न र त्यस क्षेत्रबाट रूखबिरुवा हटाउन स्वीकृति लिने प्रक्रिया अगाडि बढाउनेछ । एमसीसीबाट अनुदानका लागि सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा हस्ताक्षर भएको हो । इकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x