१२ मंसिर २०८३, शुक्रबार

एमसिसी बारे निर्णय लिन नेताहरु कस्सिए , एमसीसी उपाध्यक्ष आउँदै के गर्छ चीन

एसीपी संवाददाता

१६ भाद्र २०७८, बुधबार १३:१५ मा प्रकाशित

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे निर्णय लिन नेताहरु कस्सिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रतिपक्षी दलका नेता केपी ओलीसम्म एकमत भएका छन् ।
अहिले देशको नेपाली जनतार नेपालको शुभचिन्तकले यो बुझ्न नि जरुरी छ आखिर चीनले एमसीसी किन रोक्ने प्रयास गर्दै छ । चीनले आफ्नो बिस्तार नितिमा बिश्वका कयौं देशलाई ऋणको बोझमा च्यापिएको छ । नेपालमा पनि चिनियाँ लगानी कतै गरि ऋण दिएर फसाउने कुटनीति त हैन । एमसीसीको बिरोध गर्न लगाउने आफ्नो बिस्तार नीति अवलम्बन गराउने ।
नेपालको भौतिक पूर्वाधार विकासमा कायपलट ल्याउने सहयोग परियोजना एमसीसी अघि बढाउन नेताहरुले माहोल बनाइरहेका छन् । यस्तो बेला अमेरिकास्थित एमसीसी हेटक्वार्टरबाट कमाण्डरले नेपाल भ्रमण गर्ने तय भएको छ ।

एमसीसीकी ग्लोबल उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउन लागेकी हुन् । नेपाल भ्रमणका क्रममा फतिमाले प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सत्ता गठबन्धनका नेता प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरुसँग भेट्ने कार्यक्रम छ ।

नेपाल र अमेरिकाबीच सन् २०१७मा एमसीसी परियोजनामा हस्ताक्षर भएको थियो । परियोजनाअन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका लागि ५०० मिलियन अमेरिकी डलर अर्थात ६० अर्ब रुपैयाँ अनुदान पाउनेछ ।

तर सम्झौता संसदबाट पारित नहुँदै राजनीतिक रुपमा नेताहरुले विरोध गरेर आफूअनुकूल विवादमा ल्याएपछि अहिलेसम्म अलपत्र परेको छ । यसलाई गति दिन सुमारको नेपाल यात्राले मद्दत पुग्नेछ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x