१२ मंसिर २०८३, शुक्रबार

एमसीसी की उपाध्यक्ष फतिमा सुमार आज नेपाल आउँदै

एसीपी संवाददाता

२४ भाद्र २०७८, बिहीबार ०३:५४ मा प्रकाशित

भदौ २४ गते बिहिबार । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् ।
चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेकी हुन् ।

नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन । हालै मात्र नेपाल स्पष्ट हुन खोजेका बुँदाहरुको जवाफ एमसीसीले पठाएको छ ।

यता नेपाल सरकारले छिमेकी मुलुक या अन्तर्राष्ट्रिय समुदायमा छवि बिगार्ने खालको कुनै पनि गतिविधि बिरोध प्रदर्शन नगर्न आग्रह गरेको छ । गत साता गृहमन्तालयले सुच्नना समेत जारी गरेको थियो । यसै बिच (एमसीसी) उपाध्यक्ष आईरहेको बेला सुरक्षा सतर्कता अपनाईएको श्रोतले बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x