एमसीसी पास हुन सहमतिको आवश्यकता – सभामुख सापकोटा
काठमाडौं . देशमा एम्सीसी बारेमा चिनियाँ राजदुतको दौडधुप चली रहेको बेला सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताउनु भयो । आज बुधबार आफ्नै कार्यकक्षमा विभिन्न पत्रकारहरुको उपस्थितमा एमसीसी बारे गहन छलफल गरेर राष्ट्रिय सहमतिबाट पास हुनु पर्ने बताए ।
सभामुखले एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु । यसलाई अगाडि बढाउने सन्दर्भमा म चाहन्छु कि राष्ट्रिय सहमति होस अनि मात्र पास गर्दा राम्रो हुन्छ । यता चिनियाँ राजदुतको दौडधुपका एमसीसी रोक्ने प्रयास हो भन्ने कुरा नेपाली जनताले बुझ्दै आएका छ्न । चिनियाँ परियोजना वान वेलट वान रोडलाई मध्यनजर गर्दै अमेरिका एमसीसी पास गराउनु खोजेको हो । किनभने यो जनताको घरघरमा पुगेको विषय हो यश बारेमा जनताले थाहा पाउन बताए ।
यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाले बताए ।
सापकोटाले आफू सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका बेला एक जना स्थानीयले तामाङ भाषामा कुराकानी गर्दै एमसीसी पारित गर्न नहुने बताएको पनि पत्रकारलाई सुनाए ।
अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा विचाराधीन छ । अहिके कुन देशको सम्झौता लागू गर्ने भन्ने बिसयमा चासो बढेको छ । एका तिर चिनियाँ परियोजना छ जुन कि जुन सुकै देश ऋणदाताका रूपमा प्रवेश गरेर लगानी बढाउने त्य्स पश्चात् ऋण लिएको देश तिर्न चिनियाँ नीति अनुसार बिस्तार गदै आएको छ । यी दुबै परियोजनाको उद्देश्य बारे नेपाली जनताले थाहा पाउन जरुरी रहेको छ ।



[…] […]