१२ मंसिर २०८३, शुक्रबार

एमसीसी सम्झौता संसदबाट चाँडो पारित गर्नु पर्छ – गोल्छा –

एसीपी संवाददाता

८ मंसिर २०७८, बुधबार १५:३५ मा प्रकाशित

८ गते मङ्सिर २०७८ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट चाँडो पारित गर्नुपर्ने बताएका छन् । कोरोनापछिको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै अध्यक्ष गोल्छाले एमसीसी पारित गर्नुपर्ने बताए ।
नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौं आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमसीसी पारित नभए नेपालले राम्रो अवसर गुमाउने बताए ।
एमसीसीका विषयमा आफ्नो कुनै स्वास्थ नरहेको भन्दै उनले मुलुकका लागि आवश्यक परियोजना भएको बताए । ‘कतिपय साथीहरूले तेरो के स्वार्थ छ भनेर पनि सोधिराख्नु हुन्छ । यसमा मेरो केही स्वार्थ छैन, स्वार्थ छ भने मुलुकको आर्थिक समृद्धिको स्वार्थ छ,’ उनले भनेका छन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x