१२ मंसिर २०८३, शुक्रबार

एमालेको आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन

एसीपी संवाददाता

१० बैशाख २०७८, शुक्रबार १२:२६ मा प्रकाशित

काठमाण्डौ – नेकपा एमालेले २ सय ६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी तोकेको हो । नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत् राखिएको छ तर जिम्मेवारी भने दिइएको छैन ।

अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख रहनुभएको छ । महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटी इञ्चार्ज तोकिएको छ । विष्णु पौडेल संगठन विभाग प्रमुख, रामबहादुर थापा वाग्मती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख रहनुभएको छ ।

हउज्यालोन्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x