५ श्रावण २०८३, मंगलवार

एमाले बाट अर्थमन्त्री को ?

एसीपी संवाददाता

२५ असार २०८१, सोमबार २०:५५ मा प्रकाशित

काठमाडौं– कांग्रेस–एमाले गठबन्धन सरकार बन्ने निश्चित भएपछि मन्त्रालय बाँडफाँट र मन्त्री को होलान् भन्ने चर्चा छ।

कांग्रेस र एमालेले प्रमुख मन्त्रालय लिनेछन्। यसमध्य कांग्रेसले गृह रोज्दा एमालेको पोल्टामा अर्थ मन्त्रालय पर्ने निश्चित छ।

अहिलेसम्म मन्त्रालयको टुङ्गो नलागे पनि एमालेको पोल्टामा अर्थ पर्ने र नयाँ अनुहारले यस पटक मौका पाउने उच्च स्रोतहरू दाबी गर्छन्।

उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा सबैतिर भए पनि नयाँ अनुहारलाई मौका दिने पक्षमा अध्यक्ष ओली तथा अब बन्ने सरकारका प्रधानमन्त्रीको तयारी रहेको पनि बुझिएको छ।

माओवादी गठबन्धनमा रहेका मन्त्री मध्य केही नयाँ समीकरणीय सरकारको मन्त्रिपरिषदका सदस्य हुनेछन्। तिनै मध्य नयाँ अनुहारलाई मौका दिने तयारीमा ओली रहेका छन्।

समीकरणअनुसार प्रधानमन्त्रीपछिको पोर्टफोलियो नेपाली कांग्रेसबाट आउने मन्त्रीले पाउने हुँदा अबको अर्थमन्त्री युवा हुनसक्ने आँकलन गरिएको छ।

ओलीले पटक–पटक मौका दिएको कारणले अर्थ मन्त्रालयको नेतृत्व यस पटक पदम गिरीले गर्न सक्ने आँकलन गरिएको छ। किनभने एमाले र माओवादी गठबन्धनको सरकारमा ओलीले गिरीलाई पटक–पटक मौका दिएका छन्।

प्रमुख सचेतकको जिम्मेवारी, स्वास्थ्यमन्त्री र कानुनमन्त्रीसहित विभिन्न काममा पनि प्रमुख जिम्मेवारी दिएका गिरी अर्थ मन्त्री बनेर आए अचम्म मान्नुपर्ने केही नरहेको उच्च स्रोतले जानकारी दिएको छ।

यद्यपि २८ गतेसम्म मन्त्रालय र मन्त्रीको नाम फिक्स गर्ने तयारीमा कांग्रेस–एमाले रहेका छन्। सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत माग गर्नेछन्। सो दिन विश्वासको मत नपाएपछि उनी स्वतः प्रधानमन्त्री पदबाट मुक्त हुनेछन्।

त्यसै दिन राष्ट्रपतिकहाँ कांग्रेस–एमालेले ओलीलाई प्रधानमन्त्री नियुक्तिको बहुमत सांसदको हस्ताक्षरसहित पुग्ने र २९ गते शनिबार सरकारको आकार बढाउने तयारी छ।सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x