१२ मंसिर २०८३, शुक्रबार

ओलिले माधव नेपाललाई अध्यक्ष बनाउने

एसीपी संवाददाता

१४ असार २०७८, सोमबार ०२:०६ मा प्रकाशित

विवाद समाधानका लागि नेताहरु विभिन्न उपाय र विकल्प खोज्नुपर्नेमा नेतृत्वहरुलाई जोड दिएका छन् । संस्थापन केपी शर्मा ओली र माधवकुमार नेपाल समूहमा विभाजित भएर एमाले आन्तरिक विवादमा फसिरहेको छ ।

विवाद समाधानका लागि दुवै समूहले कार्यदल गठन गरेर प्रयास पनि गरे । तर, विवाद समाधानभन्दा पनि उत्कर्षतर्फ अघि बढेको छ । र पनि समाधानका लागि नेताहरुले आन्तरिक तथा द्विय पक्षीय छलफल भने गरिरहेका छन् ।

आइतबार संस्थापन पक्षले १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक राखेको थियो । सो बैठकमा नेताहरुले पार्टी एकताका लागि लचकता अपनाउन अध्यक्ष ओलीसहितका नेतृत्वमाथि दबाब सृजना गरेका छन् ।

पार्टीलाई विभाजनबाट रोक्नुपर्नेमा जोड दिँदै उनीहरुले पार्टी एकताको विकल्प सोच्न नहुनेमा जोड दिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

यसैक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले एमालेको एकताका लागि माधवकुमार नेपाललाई अध्यक्ष बनाउनबाट पछि हट्न नहुनेमा जोड दिए ।

नेता गुरुङले माधव नेपाललाई अध्यक्ष बनाउन पार्टी एकता हुन्छ भने यसबाट पछि हट्न नहुने प्रस्ताव गरेका हुन् । साविक नेकपाका बेला प्रचण्डलाई अध्यक्ष, विधानमै नभएको वामदेव गौतमलाई उपाध्यक्ष बनाइएको स्मरण गराउँदै नेता गुरुङले पार्टी एकता हुन्छ भने नेता नेपाललाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

उनको प्रस्तावप्रति अध्यक्ष ओलीसहित अन्य नेताहरुले प्रतिक्रिया जनाएनन् । तर, पार्टी एकताका लागि भने जिम्मेवार भएर लाग्नुपर्नेमा नेताहरुको जोड छ । अहिले एमालेको एकता पहिलो शर्त भएकाले अध्यक्ष ओलीलाई सोहीअनुसार अघि बढ्नुपर्नेमा नेताहरुले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x