ओली र नेपालबीच भेटवार्ता सकारात्मक
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ काठमाडौंको एक होटलमा भएको छलफल सकारात्मक भएको नेताहरुले जनाएका छन् । यद्धपी भेटमा पार्टी भित्रको विवादका बिषयमा कुनै सहमति भने हुन सकेन । एमाले नेता भीम रावलले विवादलाई कसरी सकारात्मक परिणामतर्फ लैजाने भन्ने विषयमा छलफल भएको बताउनुभयो । लामो समयदेखिको विवाद भएकाले गम्भीर कुराकानी गरेर मात्रै निर्णयमा पुगिने उहाले बताउनुभयो । उहाले बिहीबार बस्ने विवाद समाधान कार्यदलको बैठकमा थप छलफल हुने राववले बताउनुभयो ।
यस्तै एमाले कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले पनि छलफल सकारात्मक भएको भए पनि टुंगोमा नपुगेको बताउनुभएको हो । सुरुमा ओली–नेपाल दुबै समूहका कार्यदल सदस्यसहित छलफलमा बस्नुभएको थियो भने त्यसपछि एक्लाएक्लै छलफल भएको थियो । बसेका थिए। यसअघि बुधबार दिउँसो भएको एमालेको कार्यदलको बैठकले ओली नेपालबीच कुराकानी भएपछि मात्रै टुंगोमा पुग्न सकिने निष्कर्ष निकालिएको थियो।


