१२ मंसिर २०८३, शुक्रबार

कपिलवस्तु साझेदारी बनकाे अध्यक्षमा तिवारी विजयी कपिलवस्तु, १६ फागुन ।

एसीपी संवाददाता

१७ फाल्गुन २०८०, बिहीबार ०७:११ मा प्रकाशित

विकास श्रीवास्तव , कपिलवस्तु –  कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिको अध्यक्षमा गंगेशनाथ तिवारी विजयी भएका छन् । साझेदारी बनकाे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । १ सय ५४ मतदाता रहेकाे निर्वाचनमा १ सय ५१ मत खसेकाे थियोे ।

बुुधबार कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिकाे लागि भएकाे निर्वाचनबाट तिवारीले १ सय २ मत प्राप्त गर्दै साझेदारी बनकाे अध्यक्षमा विजयी भएका छन् । उनकाे निकट प्रतिद्वन्द्वी राम कुमार यादवले ४१ मत मात्र ल्याएका छन् ।

यस्तै हसमत अलि धुनियाले २ मत मात्र प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदमा मिना कुमारी कुर्मी निर्वाचित भएकी छन् । उनले ९७ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजय हासिल गरेकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी ज्ञानमति कुर्मीले ४७ मत प्राप्त गरेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x