१२ मंसिर २०८३, शुक्रबार

कर्णाली प्रदेशमा जीवन शाही बने मुख्यमन्त्री

एसीपी संवाददाता

१७ कार्तिक २०७८, बुधबार ००:३१ मा प्रकाशित

१७ गते कात्तिक २०७८ बुधबार । सुर्खेत — कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका छन् । उनले मंगलबार राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ ग्रहण गरिसकेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् । यसअघिका माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाहीले मंगलबार दिउँसो प्रदेश प्रमुख कलौनी समक्ष दाबी पेस गरेका थिए। जीवन शाहीले प्रदेशसभामा २१ सांसद्‍को समर्थन पाएका छन् ।
शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । कर्णालीमा कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने शाही पछिल्लो पटक हुम्लाबाट सांसद् बनेका थिए । शाही कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् समेत हुन् । बिगत बर्ष बाट हुम्लामा चिनले नेपाली जग्गामा भवन निर्माण गरेकोमा खुलासा गर्नमा शाहीको ठुलो हाथ छ । चीनले बनाएको भवन नेपालको हो त्यसको लागि सबै प्रमाण दिन हाल कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीको हिम्मत र आट चर्चा हुने गरेको छ । उनी पटक पटक चीनले नेपाली भुमि मिचेको बाठ आएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x