२ श्रावण २०८३, शनिबार
कर्णाली प्रदेशमा सहभागी हुँदै काङ्ग्रेस
केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ।
नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चार जना मन्त्री सहभागी हुने भएका छन्।
कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टका अनुसार आज दिउँसो १ बजे मन्त्रीहरुको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइने बताए। ‘संसदीय दलकातर्फबाट मन्त्रीहरुको नाम दिउँसो १ बजे मुख्यमन्त्रीलाई बुझाउँदैछौं,’ विष्टले भने।
स्रोतका अनुसार कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदैछ। उनीसँगै सल्यानका सुरेश अधिकारी, दैलेखका घनश्याम भण्डारी र हुम्लाकी विजया बुढा मन्त्री हुने सम्भावना छ। नागरिक न्युज
Subscribe
Login
0 Comments


