१२ मंसिर २०८३, शुक्रबार

कर्णाली प्रदेशमा मन्त्री थापालाई बर्खास्त गर्ने माङ गर्दै प्रदेशसभा अवरुद्ध

एसीपी संवाददाता

२६ जेष्ठ २०७८, बुधबार ११:५६ मा प्रकाशित

कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै बुधबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

बुधबार बसेको बैठकको सुरुमै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आफुहरुले उठाएको मागमा सरकारले कुनै जवाफ नदिएको र मन्त्री थापाको बिषयमा पनि कुनै निर्णय नभएकाले बैठकको कामकारवाही अघि बढ्न नसक्ने बताउनुभयो । उहाले थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै जेठ तीस गतेसम्म सदनमा आउन नदिने प्रस्ताव आफुहरुले स्वीकार गरेपनि लिखित सहमति सरकारले गर्न नचाहेको आरोप लगाउनुभयो । उहाले सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय वैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरेपनि त्यसबाट सरकार भागेको उल्लेख गर्नुभयो । त्यस्तै उहाले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको टिप्पणी पनि गर्नुभयो । सवै दोष एमालेलाई देखाएर सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको उहाको आरोप छ ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले उठेर विरोध जनाएपछि बुधबार पनि बैठक स्थगित भएको हो । यसअघि सोमबार र मंगलबार पनि प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x