१५ भाद्र २०८३, सोमबार

कहाँ बाट आउँछ धर्मातन्तरनणका लागि पैसा

एसीपी संवाददाता

३१ असार २०८२, मंगलवार ०८:२८ मा प्रकाशित

भारतको उत्तर प्रदेशस्थित बलरामपुरका जलालुद्दिन शाह, जसलाई चङ्गुर बाबा भनेर चिनिन्छ, अहिले भारतको सबैभन्दा ठूलो धर्मान्तरण र हवालाकाण्डको केन्द्रमा छन्। उत्तर प्रदेश आतंकवादविरोधी दस्तासहित (ATS) प्रवर्तन निर्देशनालय (ED) ले गरेको अनुसन्धानले उनले तीन वर्षमा झन्डै ५०० करोड भारु विदेशी रकमको जालो बुनको खुलासा गरेको छ, जसमा २०० करोड बैंकमार्फत आधिकारिक रूपमा आएको प्रमाणित छ भने ३०० करोड नेपाल हुँदै हवालाच्यानल प्रयोग गरी भारत भित्रिएको पुष्टि भएको छ।

अनुसन्धान अनुसार काठमाडौं, नवलपरासी, रुपन्देही र बाँकेमा खोलिएका सयभन्दा बढी बैंक खाताबाट पैसा जम्मा गरेर ४–५ प्रतिशत कमिसन काटेर सीमापार पुर्‍याइएको थियो। त्यहाँबाट स्थानीय मनी एक्सचेन्जरहरूले नेपाली रुपैयाँ भारतीय रुपैयाँमा साटेर बलरामपुर, श्रावस्ती, बहराइच, लखीमपुर र अयोध्याजस्ता क्षेत्रमा पुर्‍याउँथे, जहाँ हिन्दू किशोरीहरूलाई लक्ष्य गरेर धर्म परिवर्तन अभियान चलाइन्थ्यो। कथित रूपमा पाकिस्तान, दुबई, साउदी अरेबिया र टर्कीबाट आएको रकम सीडीएम (Cash Deposit Machines) प्रयोग गरेर जम्मा गरिन्थ्यो, जुन नेपाल–भारत सीमाको कमजोरी देखाउने एक गम्भीर संकेत हो।

Kathmandu World School

चङ्गुर बाबा र उनका सहयोगीहरू नीतू (नसरीन), नवीन रोहरा र छोरा महबूबका नाममा ४० बैंक खाता फेला परेका छन्, जहाँबाट सवारी साधन, आलिशान बंगला र पुणेमा १६ करोडको जग्गा किनबेच भएको देखिएको छ। सरकारी जमिनमाथि कब्जा गरेर बनाइएको, संगमरमर गेटसहितको तीन बिग्हा जमिनमा फैलिएको ७० कोठे बंगला भत्काउन १० बुल्डोजर तीन दिनसम्म लागाइयो, जुन गाउँलेहरूका लागि चकित बनाउने दृश्य थियो।

तर यो स्क्यान्डलमा नेपालको भूमिकाले थप गम्भीर प्रश्न जन्माएको छ। सीमावर्ती क्षेत्रमा १०० भन्दा बढी बैंक खाताको प्रयोग, नेपालका वित्तीय नियमन निकायको कमजोरी र अपराध सञ्जालको सहजता अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिगार्ने खतरा बन्छ। यदि नेपाल यस्ता गुप्त पैसा सर्ने ‘हब’ बन्दै गयो भने, दक्षिण एसियामा उसले गुमाउने विश्वसनीयता र छिमेकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्धमा पर्ने असर निकै गम्भीर हुनेछ भन्ने विश्लेषकहरूको चेतावनी छ।

भारतमा यस घटनापछि स्थानीय स्तरमा तीव्र प्रतिक्रिया आएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसलाई राष्ट्रविरोधी गतिविधि भनेका छन् भने महिला समूहहरूले धर्मान्तरणका पीडितहरूको संरक्षणको माग गरेका छन्। मानव अधिकारकर्मीहरूले जातीय ‘रेट कार्ड’ अनुसार गरिएको कथित ‘लभ जिहाद’ षड्यन्त्रको गहिरो अनुसन्धानको माग गरेका छन्—ब्राह्मण युवतीका लागि १५–१६ लाख, ओबीसीका लागि १०–१२ लाख र अन्यका लागि ८–१० लाख दर तोकिएको आरोप छ।

५ जुलाईमा लखनऊबाट चङ्गुर बाबा र नीतू पक्राउ परेपछि ED र ATS को संयुक्त हिरासतमा राखेर उनीहरूका सम्पत्ति, बैंक खाता र विदेशमा रहेका सम्भावित सम्पर्कहरूको विस्तृत अनुसन्धान भइरहेको छ। प्रवर्तन निर्देशनालयले उनीहरूमाथि मनी लन्डरिङ निवारण ऐन (PMLA) अन्तर्गत मुद्दा दर्ता गरिसकेको छ र पछिल्लो १० वर्षका कर विवरण मागिएको छ। साथै, सारजहा, दुबई र युएईका बैंक खातामा अनुसन्धान बढाइएको छ।

यो काण्डले नेपाल–भारत सीमाको संरचना, वित्तीय पारदर्शिता र सामाजिक–धार्मिक स्थायित्वमाथि गहिरो प्रश्न उठाएको छ—के नेपाल यस्ता अवैध वित्तीय प्रवाहको मार्ग बन्नबाट आफूलाई जोगाउन सक्छ? र के भारत र नेपालले सीमापार अपराध रोक्न दुवै देशको विश्वसनीयता पुनः निर्माण गर्न सक्षम हुनेछन्? यी प्रश्नहरूको उत्तर अझै समयले मात्र दिन सक्छ। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x