१३ आश्विन २०८३, मंगलवार

काँग्रेस नेता गिरीको अवस्था गम्भीर

एसीपी संवाददाता

३ भाद्र २०७८, बिहीबार १३:३२ मा प्रकाशित

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको स्वास्थ्यमा समस्या देखिएको छ।

केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारतको मुम्बई पुग्नुभएको थियो ।

अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार जारी छ। उहाँलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरेको छ। गिरिको घाँटीमा समस्या देखिएको छ।

यसैबीच मुम्बईमा उपचाररत गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यसतर्फ जाँदै हुनुहुन्छ । जनकपुरमा रहेका निधि आज मुम्बई जान लाग्नुभएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x