१२ मंसिर २०८३, शुक्रबार
कांग्रेस लुम्बिनी प्रदेश कमिटीको सभापतिमा संस्थापन इतरका अमरसिंह पुन
२० गते मङ्सिर २०७८ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीको सभापतिमा संस्थापन इतरका अमरसिंह पुन निर्वाचित भएका छन् । पदाधिकारीमा १ जना उपसभापति बाहेक उनको प्यानल नै निर्वाचित भएको छ । पुनले ८५२ मत र प्रतिद्वन्दी भरत कुमार शाहले ७६७ मत पाए ।पुनले ८५ मतान्तरले जित हासिल गरे ।
शाह प्यानलका राजु खनाल उपसभापतिमा निर्वाचित भएका हुन् । उनले ७९२ मत र निकटतम् प्रतिद्वन्दी अष्टभुजा पाठकले ७७२ मत पाए । उपसभापतिमा भुवन श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी विजयी भएका छन् । लुम्बिनीमा १६३१ मत खसेको थियो ।
मत विवरण :
Subscribe
Login
0 Comments


