१२ मंसिर २०८३, शुक्रबार
काग्रेसले पुन प्रचण्डलाइ विस्वासको मत दिन्छ?
ओम आचार्य
राजनीति भनेको राजनीति नै हो ! राजनीतिको विसयमा विभिन्न अडकल र अनुमान हुन सक्छ!र यो अनुमान गर्ने राजनीतिक विस्लेषक र मिडियाहरुका अतिरिक्त चिया गफमा पनि चल्ने गरेको छ ! यस्तो अनुमान पुर्वघटित केही राजनीतिक परिस्थिती , दलहरुको राजनीतिक चरित्र र वर्तमान परिस्थितीको आंकलन गरेर नै गर्ने गरिन्छ ! अहिले देशमा बडिरहेको राजनीतिक सरगर्मि संसदमा भएको घटनाक्रमले यस्तै हुन्छ भनेर राजनीतिक अनुमानहरु हुन थालेको छ!
अब अहिले सत्ता पक्ष त्यसमा पनि विशेष गरेर एमाले नेपाली काग्रेस तिर खनिएको छ ! काग्रेसलाइ जसरी पनि सक्ने एमाले त्यसमा पनि केपी ओली देखिएका छन ! सरकारमा राम्रो मन्त्रालय नलिएपनि अहिलेका रा स्व पा बाट गृहंमन्त्री वनेका रविलामिछाने को कवचको रुपमा खडा भएर प्रतिरक्षा गरिरहेको छ ! र गृहमन्त्री रविलामिछाने बाटै आफ्नो राजनीतिक उध्देश्य पुरा गर्न कस्सिएको छ ! अहिले गृहमन्त्री रविलामिछाने को ससक्त रुपमा संसद कक्षमा शाररिक र मानसिक रुपमै सुरक्षा र प्रतिरक्षाकोलागी उभिएको देख्दा लाक्छ आफ्नै दलको कुनै सांसद या मन्त्री हुन!
सहकारी छानबिन समीति कथंकदाचित भएमा गृहमन्त्री रवि लामीछाने को गृहमन्त्रीबाट मुक्त हुने र यस्तो भएमा सरकार अल्पमतमा परी गिर्ने अवस्था आउने भयले नै केपी ओली गृहमन्त्री रविलामिछानेको बचावमा हरसंम्भव प्रयास गरेको देखिन्छ!यस विसयमा प्रधानमन्त्री प्रचण्ड भन्दा केपी ओली चिन्तित देखिन्छ !
प्रचण्ड र केपी ओलीको चिन्ता फरक फरक
प्रधानमन्त्री प्रचण्ड कुनै पनि किसिमले यो समस्या समाधानमा इच्छुक जस्तो देखिन्छन र केही प्रयास पनि गरेको हुन ! प्रधानमन्त्री भएकै कारण उनलाइ संसद नियमित चलाउने जिम्मेवारी एकातिर छ भने अर्को तिर संसदमा अहिले भइरहेको मुठभेड़ पनि चिन्ताको विसय छ ! अर्को तिर केपी ओली संसदमा मुठभेड़ गरेर भएपनि गृहंमन्त्रीको रक्षा खडाहुने हुनु पर्ने आफ्ना सांसद लाइ उर्दिनै जारी गरेकाछ !
अहिले सरकारमा सम्मिलित गठवन्धन भित्र पुरै गठवन्धनमा के पी ओली नै भारी देखिन्दै छन ! यो भारले किचिएका प्रधानमन्त्री प्रचण्ड भारी विसाउन पनि सकेका छैन !गणतन्त्र हामीले ल्याएको हो भन्ने प्रचणड अहिले उन्कै नेतृत्वमा रहेको सरकार र सरकारको प्रस्तुतिले संसद कक्षमा जे देखिन्दै छ त्यस्ले गणतन्त्र प्रती वितृष्णा र निराशा बाहेक केही देखिन्दैन !
पुरानै राजनीतिक निर्णयको संम्भावना
एमाले र माओवादी दल एकिकृत भइ सरकार वनाएको समयमा पनि यस्तै यस्तै अवस्था रहेको थियो ! त्यति खेर पनि प्रधानमन्त्री रहेका प्रचणड निरिह र विवस रहेका थिए ! उन्ले पनि एमाले र माओवादी एकिकृत अवस्थालाइ भंग गर्दा स्वयं उन्को अभिव्यक्ती यस्तै प्रकारको थियो र अहिलो पनि यस्तै अवस्था प्रधानमन्त्री प्रचण्ड मा विधमान देखिन्छ!
राजनीतिमा जे पनि र जस्तो पनि अवस्था हुने र स्विकार्नु पर्ने हुन्छ!प्रधानमंत्री प्रचण्डले गृहमन्त्री रविलामिछाने लाइ हटाउने या छानबिन समीति बनाउने अवस्था उन्ले लिने भनिएको विस्वासको मत लिनु भन्दा पुर्व नहुन सक्छ ! तर एकिकृत अवस्थाको प्रधानमन्त्री रहदा प्रचण्डलाइ नेपाली काग्रेसले दिएको विस्वासको मत जस्तै अहिले पनि प्रचण्डलाइ काग्रेसले पुन विस्वासको मत दिने कुरामा विस्वस्त भएमा विस्वासको मत लिनु भन्दा पुर्व आस्चर्य जनक निर्णय आउन सक्छ ! जुन के पी ओलीलाइ ठुलै धक्का लाग्न सक्छ ! यो धक्काबाट जोगिन नै केपी ओली प्रचणडकै नेतृत्वको सरकार रहकै बेलामा माओवादी र काग्रेसमा दुरी बडाएर आफ्नो लक्ष्य साधन प्रयत्नशिल छन !
के पी ओली अहिले पुरै काग्रेस विरुध्द मोर्चावन्दी गइरहेका छन ! काग्रेसलाइ जसरी पनि भित्तैमा पुर्याउने उन्को प्रस्तुति र रणनीतिले गर्दा काग्रेस एक भएर प्रतिरोध गर्ने भएको छ ! हिजो सम्म दुइ धारमा देखिएको काग्रेस एमाले विरुध्द एक भएर जाने स्थिती वनेको छ ! हिजो सम्म काग्रेस र एमाले मिलेर सरकार वनाउनु पर्छ भन्ने काग्रेसअहिले के पी ओलीको कारण झस्केका र तर्सेका छन ! एमाले भित्रै पनि यस्तो विचार बोक्ने सांसदहरु ओलिको पछिल्लो घटनाक्रमले उदास र निराश भएका छन ! काग्रेस भित्र संस्थापन इतरको नेतृत्व गरेका डा. शेखर कोइराला नै एमाले र काग्रेस मिलेर सरकार वनाउनु पर्छ भने प्रमुख नेता हुन तर उनि स्वंय अहिले केपी ओली र समग्र एमाले प्रती आक्रमक भएर गएका छन ! केअब राजनीतिमा पुन एक्कै ठाउमा एमाले र काग्रेस आउन सक्छन त?
देउवा ले पुरानै गठवन्धन व्युताउने प्रयास गरेका र अहिले घटनाक्रम जसरी अगाडी बडिरहेको छ त्यो हेर्दा के पी ओली संग निराश रहतास रहेका प्रचण्डलाइ जेष्ठ सात गते लिने विस्वासको मत दिएमा प्रचणडमा एकाएक उर्जा आउने र के पी ओली पुन प्रतिपक्षमा पुग्ने अवस्था आउदैन भन्न सकिन्दैन!
Subscribe
Login
0 Comments



