५ श्रावण २०८३, मंगलवार
काग्रेस निरिह बन्दै
ओम आचार्य
काग्रेस सभापति देउवा र केपी ओलीको भेटले राजनीतिक तरंग पैदा गरेको छ! त्यो तरंगले वर्तमान गठवन्धनको सरकार
भंग भएर काग्रेस र एमालेको गठवन्धन सरकार वन्ने मात्र हैन माओवादी र अरु सा साना दललाइ विपक्षमा पुर्याउने समेत काग्रेस र एमालेको रणनीति हो भनेर भन्न थालिएको छ ! बहुदलिय व्यवस्थामा दलको संख्यालाइ नियन्त्रण गरेर तिन अथवा चार दल मात्रै वनाउने यि दुइ दलको सोच पनि रहेकोछ ! वर्तमान संविधानमा निवार्चन प्रणाली र समानुपातिक लगायत विसयमा संसोधन गरेर देशमा तिन या चार दलको अवधारण ल्याउने गरी गृहकार्य गर्ने सम्म यि दुइ दल पुगेको हुन सक्ने देखिन्छ ! यो यस्तो अवस्था वर्तमान संसदमा उपस्थित दलको संख्या र ति दलबाट भएका राजनीतिक क्रियाकलापबाट यो स्थितीमा पुग्न बाध्य वनाएको ! र साथै वर्तमान राजनीतिक अवस्थाले गर्दा पनि काग्रेस र एमाले तिन या चार दल मात्र हुनेगरी संविधानमा संशोधन हुनु पर्ने निष्कर्षमा पुग्नु लाइ गठवन्धन को आवस्यकत्ता वताउन थालेका छन !
अहिले राजनीतिक चर्चामा आए जस्तै काग्रेस र एमाले को गठवन्थनको सरकार वनाउने सम्बाद चलिरहदा यो गठवन्धन कथंकदाचित भएमा पहिलो चरणमा एमालेका के पी ओलीलाइ प्रधानमन्त्रीमा स्विकार गरिने कुरा काग्रेसबाट आएको छ ! जसरी पनि माओवादीका प्रचणडको नेतृत्वको सरकार विस्थापित गराउन काग्रेस देखिएको छ ! यो कुराको संस्थापन इतर सुरु देखी नै विरोध गर्दै आइरहेको भए पनि सभापति देउवा सहमत नदेखिएकोमा विलम्ब भएको हो ! अहिले देउवा आफै अग्रसर भएर काग्रेस एमालेको गठवन्धन गराउन सक्रिय भएका मात्र हैन केपी ओलीलाइ प्रधानमन्त्री स्विकार समेत गर्ने मनस्थितीमा पुगेका छन !
संसदमा ठुलो दल काग्रेस

संसद भित्र ठुलो दलको हैसियतमा रहेको काग्रेस कहिले माओवादी लगायत अन्य दलसंग गठवन्धन गरेर प्रचणडको नेतृत्वको सरकारलाइ स्विकार्न पुगेको थियो ! अहिले ठुलो दल भएर पनि प्रतिपक्षमा वस्न सम्म वाध्य भएको छ ! अहिले आएर फेरी काग्रेस एमाले गठवन्धन गरेर एमालेकै नेतृत्व स्विकार्नु पर्ने अवस्था छ! विग पाटी भएर काग्रेस देशको राजनीतिमा किन यसरी निरिह र विवश वन्दै छ ? काग्रेस भित्र यस विसयमा राजनितिक वहस भएको छ ? छैन भने बहसको आवस्यक्ता महृशुस किन गरेन? देउवा सभापति रहेको काग्रेस ले लिएको विचार नीति के बुढो र क्रियीशिल हुन नसकेको हो ?रुपान्तरण पुस्तान्तरण को कुरा पनि अहिले ओझल मा परेको छ ! संस्थापन इतर पनिआफु र आफ्ना सहयोगीहरु आफुलाइ नै रुपान्तरण गरेर देउवाकै लाइन मा
देउवालाइ नै सहयोग पुग्ने गरी आत्मालोचन गरेर परिमार्जित
हुन थालेको जस्तो देखिन्दै छ!
संसदमा ठुलो दल को हैसियतमा रहेको काग्रेस पहिलो चरणको एमाले काग्रेस गठवन्धन वार्तामा लार्जेस पाटी को हैसियतले त्यही धारा पकडेर गठवन्धन गरौ भन्ने काग्रेस आज
एमालेको नेतृत्वमा सरकार निर्माण गर्ने बाध्यतामा पुग्नुलाइ काग्रेस निरिह र विवश वन्दै गएको भन्नु पर्छ!
अहिले सम्म कुनै पनि गठवन्धनको नेतृत्व लिएको
प्रमुखले सत्ताहस्तारण गरेनन
नेपालमा अहिले सम्म जति पनि दलहरु विच गठवन्धन भए गठवन्धन को नेतृत्व लिएको सरकार प्रमुखले सहमती अनुसार अर्को दललाइ सत्ता हस्तान्तरण गरेको देखिन्दैन ! एकिकृत नेकपा को सरकार हुदा पनि सहमती अनुसार सत्ता हस्तान्तरण नहुने यकिनमा पुगेका प्रचणड काग्रेस संग गठवन्ध गर्न पुगे के पी ओलीले सत्ता हस्तान्तरण गरेनन !
काग्रेस र माओवादी दलको पनि गठवन्धन हुदा माएवादीले सहमति विपरीत जादै एमालेसंग गठवन्धन गरे !सत्ता हस्तांतरण गरेनन! सत्ताहस्तान्तरण गर्न कुनै पनि दल सहमती अनुसार गएको देखिन्दै !यस्तो विकृत राजनीतिक चरित्र दलहरुमा दलहरुको प्रमुख विकसित भइरहेको छ ! जसरी हुन्छ प्रधानमन्त्री वन्ने र त्यसपछी सहमती अनुसार आफ्नो दलबाट प्रधानमन्त्री वन्ने यस्तो राजनीतिक संस्कार र प्रवृती हुर्केको गठवन्धन ले कहिले निष्ठा र सिध्दान्तको राजनीति गर्छ ?यस्तै चरित्र र प्रवृती वोकेको राजनीतिक दल संग काग्रेसले गर्ने गठवन्धन मा के पी ओलीले सहमती अनुसार सत्ताहस्तान्तरण गर्छन भन्नेमा काग्रेस विस्वस्त हुनु आस्चर्य हो !
काग्रेसको लागी ओली भरपर्दो हैन 

काग्रेस ले जुन उध्देस्य ले एमाले संग गठवन्धन गर्न चाहिरहेको छ के त्यो अभिष्ट एमालेका के पी ओलीबाट अभिष्ट पुरा हुन्छ! संविधान संशोशन , निर्वाचन प्रणाली र समानुपातिक र मुलुकमा तिन या चार दल मात्र हुने व्यवस्था गर्न ओलीले काग्रेसलाइ साथ दिन्छ ! र के पी ओली पछी काग्रेसले नेतृत्व लिने सहमतीमा वन्ने गठवन्धन मा के पी ओली अक्षरश मान्न तयार छन?एकिकृत ने क पा हुदा पनि ओलीको अरुलाइ डोमिनेट गर्ने र सहयात्रि दलको मानमर्दन गर्नै शैली थियो र अधावधी छ!के पी ओली संग गरेको कुनै पनि राजनीतिक दलको गठवन्धन ले स्थिर सरकार दिन नसकेको मात्र हैन शुशासन पनि दिन सकेको थिएन ! त्यति मात्र हैन केपी ओली प्रधानमन्त्री हुदा
संबैधानिक निकायहरु समेत आफ्नो मातहातमा राखेर अधिनायक चरित्र देखाइ सकेका छन ! लोकतन्त्रमा शुृशासन हुनै पर्छ त्यो तत्कालिन केपी ओली बाट नभएको जग जाहेर छ र काग्रेसले केपी ओलीको अधिनायक प्रवृती को विरोध पनि गरेकै हो!
अहिले गरिने भनिएको काग्रेस र एमालेको गठवन्धन काग्रेसको विवशता निरिहता हो भन्ने बुजेका केपी ओली ले काग्रेसको मानमर्दन मात्रै हैन यो गठवन्धन मा मैले जे गरे पनि जस्तो निर्णय गरे पनि काग्रेस मुकदर्शक हुनेछ भन्ने रहेको छ!
अहिलेको आवस्यक्ता भनेको काग्रेस एमालेको गठवन्धन नै हो यस्मा दुइ मत छैन! तर काग्रेसले गठवन्धन गर्दा कसरी गर्ने दुइ दलमा कस्तो नीति वनाउने सरकार संचालनमा दुइ दलको भावना र विचारमा आँच नआउने ,कसैको मानमर्दन नहुने गरी
संविधान संशोशधनमा कुन कुन वुधामा ,निर्वाचन प्रणली, समानुपातिक लगायत विसयलाइ प्रमुख एजेन्डा मानि लिखित रुपमा दस्तावेज आउनु पर्छ ! यस्तो लिखित दसितावेजमा सरकार प्रमुख र दुइ दलका सभापतिमा समेतमा लगाम राख्दै गठवन्धन गर्नु हितकारी देखिन्छ! जसबाट राजनीतिक इतिहासमा अभिलेख खडा होस र स्थिर सरकार दिदै शुशासन र विकास होस !
Subscribe
Login
0 Comments


