१२ मंसिर २०८३, शुक्रबार

काङ्ग्रेसमा पुनः शेर बहादुर देउवा दोहरिने बहुमत

एसीपी संवाददाता

१४ मंसिर २०७८, मंगलवार १६:१३ मा प्रकाशित

१४ गते मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ५७ जिल्लामा अधिवेशन सम्पन्न भएर नेतृत्व चुनिएको छ ।
केन्द्रीय निर्वाचन समितिको सोमबार रातिसम्मको तथ्यांकअनुसार ५७ जिल्लामा जिल्ला अधिवेशनले नेतृत्व चुनेको छ भने प्रदेश २ का ८ सहित २१ जिल्लामा अधिवेशन हुने क्रममा छ ।

५७ जिल्लाको नेतृत्वमा संस्थापन अर्थात सभापति शेरबहादुर देउवा समूह बलियो देखिएको छ । संस्थापन पक्ष निकट सभापति ३१ जिल्लामा चुनिएका छन् । रामचन्द्र पौडेल समूहले २६ जिल्लामा सभापति जितेको छ ।

संस्थापन समूहबाट गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ, मोहनविक्रम सिंह, हुम्ला, पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप, ऐनबहादुर शाही, मुगु, खडक बोहरा, बझाङ, खमबहादुर गर्बुजा, म्याग्दी, शंकर गुरुङ, मनाङ, केशरबहादुर विष्ट, सल्यान, दीपेन्द्र शाही, डोल्पा, भीमबहादुर साउद, डडेल्धुरा, कर्णबहादु शाही, जुम्ला, बेदराज सिंह, जाजरकोट, रुपनारायण जवेगु, पाँचथर रहेका छन् ।

यस्तै डा. टकबहादुर गुरुङ, लमजुङ, नरेन्द्रबहादुर सिंह, डोटी, तेजेन्द्र खनाल, ओखलढुंगा, युवराज जोशी, पर्वत, किशोरदत्त बराल, कास्की, डम्बर खड्का, इलाम, रामकृण खाण, रुपन्देही, प्रेमप्रकाश वली, रुकुम पश्चिम, जितेन्द्र श्रेष्ठ, ललितपुर, तीर्थ लामा, काभ्रे, पदम बोगटी, कञ्चनपुर, खड्क पोखरेल, सुर्खेत, जीतप्रकाश आले, तनहुँ, हिमाल कार्की, उदयपुर, दुर्लभ थापा, भक्तपुर, अरुण प्रकाश सिंह राठौर, बर्दिया, देउमान थेवे, झापा, जित शेरचन, बाग्लुङ रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x