१३ मंसिर २०८३, शनिबार

काबुलमा भएका दुई विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु

एसीपी संवाददाता

२५ मंसिर २०७८, शनिबार ०२:१५ मा प्रकाशित

२५ गते मङ्सिर २०७८ । अफगानिस्तानको काबुलमा भएका दुई विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । छुट्टा छुट्टै स्थानमा भएका विस्फोटमा परेर चार जना घाइते भएका छन् ।

काबुलस्थित दश्त ए बर्ची जिल्लामा मिनीबसमा विस्फोट हुँदा दुई सर्वसाधारणको मृत्यु भएको तालिवानी अन्तरिक मन्त्रालयले जनाएको छ। सो विस्फोटको हालसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ ।

यसअघि गत नोभेम्बरमा पनि दस्त ए बर्चीमै मिनीबसमा बम आक्रमण हुँदा दुई जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए। यस्तै अक्टोबरमा मस्जिदमा आक्रमण हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको थियो ।

तालिवानीले अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा विभिन्न सशस्त्र समूहमाथि कारवाही गर्ने जनाएपनि पछिल्लो समय हिंसाका घटना नियन्त्रणमा आएका छैनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x