३ श्रावण २०८३, आईतवार

कामदारको नारकीय अवस्था युएईमा ५४ कामदार एक महिनादेखि बन्धकमा

एसीपी संवाददाता

३ श्रावण २०८१, बिहीबार ०७:३९ मा प्रकाशित

रोजगारीका लागि युएईको टोर्नाडो ग्रुपमा गार्डेनरको रूपमा श्रम सम्झौतापछि सबै कामदार काठमाडौंको नयाँ बानेश्वरस्थित ओसो रिक्र्युटिङ एजेन्सी प्रालि म्यानपावरमार्फत त्यहाँ पुगेको पीडित मिठु पासमानले जानकारी दिएका छन् । उनीहरुलाई एक महिनादेखि बाहिरबाट चुकुल लगाएर दुबईको हाइल्यान्ड भन्ने ठाउँमा बन्धक बनाएर राखिएको छ ।

पासमानका अनुसार बन्धक बनाइएकालाई खान पनि दिइएको छैन, एउटै कोठाभित्र २५ जनाभन्दा बढीलाई राखिएकाले गर्मीले गुम्सिएर मर्नु भएको छ । एउटै बिल्डिङमा पल्लोपट्टि कोठामा अन्य ५४ नेपालीलाई बन्धक बनाइराखेको पीडितले बताएका छन् । ती बन्धकमा परेकाहरू ओसो म्यानपावरमार्फत दुई समूह गरेर युएई पुगेका थिए।

गत जेठ ३१ गते युएई पुगेको दोस्रो समूह र त्योभन्दा पहिला पुगेको पहिलो समूहलाई गार्डेनको काम भनेर झुक्याई साउदी अरेबियाको सीमानजिकै रहेको घनघोर जंगलमा लगेर जंगलको रेखदेख र खजुर टिप्ने काम दिएको पीडितको भनाइ छ । पीडित पासमानले आफन्तलाई अवस्थाबारे जानकारी गराएपछि पासमानका परिवारजन जिनु पासमानले उद्धारका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन समेत दिएका छन् ।

पीडित पासमानले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार पीडितहरु भोक मार्न नसकेर अरूसँग खानेकुरा माग्दै खाना खाइरहेका छन्। गार्डेनमा फूल रोप्नुका साथै फूलबिरुवा कटिङ गर्ने भनी श्रम सम्झौता नै गरेर आफूसँग करिब दुई लाख पैसा ओसो म्यानपावरले लिएको पीडित पासमानले बताए।

नेपालबाट दुई समूह गरी युएई पुगेका केही पीडितले ओसो म्यानपावरद्वारा सञ्चालित एजेन्ट फूलबाबु यादबलाई एक लाख ७५ हजारदेखि तीन लाख रूपैयाँसम्म र केहीले ओसो म्यानपावरलाई बुझाएको पीडितको दाबी छ। रुदल साहले ओसो म्यानपावरलाई खबर गरे पनि वास्ता नगरेको बताए। ।‘हामी नारकीय अवस्थामा छौं, नेपाल फिर्ता गरिदिनु भनेका थियौं एजेन्ट र ओसो दुवैलाई। तर, उनीहरूले हाम्रो पठाउने काम हो, हामीले पठायौं,अरू मतलब भएन भनेर टारे, एजेन्ट पनि सम्पर्कमा आएन,’ पीडित साहले भने। फ्री भिजा फ्री टिकट भनेर प्रलोभनमा पारी लाखौंलाख रूपैयाँ लिइ अहिले यो हाम्रो जिम्मा होइन भनेर एजेन्ट र मेनपावर दुवै पन्छिएको पीडितहरू गुनासो गर्छन्।

महोत्तरी जिल्ला प्रशासन कार्यालयमा उद्धार गरी पाऊँ भनेर बन्धकका परिवारजनले दिएको निवेदनमा सम्झौताअनुसारको कुनै पनि काम नभएको र कोठामा पशुसरह व्यवहार गरेको भन्दै स्वदेश फिर्ताका लागि उद्धार याचनाको माग गरिएको छ ।

युएई पुगेका ५४ जना सकुशल स्वदेश फर्कन पाऊँ भन्दै उद्धारको हात फैलाइरहेका छन्। नेपाल सरकारअन्तर्गत रहेका म्यानपावरवालाले नै श्रमिकको यस्तो दुर्गति गरेपछि अरूको त के विश्वास गर्ने भनेर उनीहरूले चिन्ता व्यक्त गरेका छन्। रुदल साह, कृष्णबहादुर बडही, सूर्यनारायण साह, शंकर पण्डित, अभयकुमार मण्डल, सूर्यमानकुमार मण्डल, धिरजकुमार मण्डल, कुलदीप सादा, उपेन्द्र सादा मुसहर, सिकिन्द्र मण्डल, सत्रोहन ठाकुर, रामकिशोर मण्डल धानुक, शितेशकुमार मण्डल, अभिषेक चौधरी, सतीलाल उराब, वीरकुमार उराब, मिठु पासमान, हरेराम पण्डित, कृष्ण उराब, सुरज पासमान, बिटु पासमान, समीरकुमार मण्डल, लालबाबु मुखिया, सञ्जीब चौधरी, गुरुसरण खतवे, केशवकुमार खतवे, रामकृष्ण महरा, अली सुसेन सेख, शिवकुमार चमार, आलम राइन, मोइन सिकलगर, असरफ सिकलगर, अमितकुमार यादव, सुधीर मण्डल, इन्द्रजितप्रसाद लौन्या, रामकिसन यादव, दीपककुमार मण्डल, दीपेन्द्र यादव, मनोज चमार, सरोज मुसलमान, मुन्ना तेली, कृष्णराम, रामकुमार रामलाई बन्धक बनाएर राखिएको पीडितले जनाएका छन् । जनकपुरटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x