१ भाद्र २०८३, सोमबार

कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरु आयोजना नहुने

एसीपी संवाददाता

७ जेष्ठ २०७८, शुक्रबार ०८:०६ मा प्रकाशित

कोलम्बियामा यस वर्ष कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरु आयोजना नहुने भएको छ ।

यसअघि अर्जेन्टिना र कोलम्बियाले मिलेर यो प्रतियोगिता जुन महिनादेखि आयोजना गर्ने तय थियो । प्रतियोगिताको फाइनल खेल १० जुलाईमा कोलम्बियामै आयोजना हुने तय गरिएको थियो ।

तर, कोलम्बियामा चलिरहेको प्रदर्शनका कारण दक्षिण अमेरिकी फुटबल महासंघले यो प्रतियोगितामा हस्तक्षेप ग¥यो । कोलम्बियाले प्रतियोगितामा आफ्नै देशमा आयोजना गर्नका लागि अन्तिम प्रयास पनि गरेको थियो, उसले नोभेम्बरका लागि नयाँ मिति घोषणा गर्न प्रस्ताव गरेको थियो । जो असफल भयो ।

कोलम्बियामा तय भएका खेलहरु कहाँ खेलाउने भनेर दक्षिण अमेरिकी फुटबल महासंघले छिट्टै निर्णय लिने जनाएको छ ।

राष्ट्रपति इमान डुकुले कर र स्वास्थ उपचार सुधार घोषणा गरेपछि अप्रिलको अन्त्यमा कोलम्बियामा प्रदर्शन सुरु भएको थियो । पछिल्ला तीन सातादेखि यो प्रदर्शन निरन्तर जारी छ ।

राजधानी बोगोटा, मेडिलिन र काली (जहाँ, कोपाका खेलहरु आयोजना हुने तय थियो) क्षेत्रमा बृहद प्रदर्शन भइरहेको छ । रातोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x