१२ आश्विन २०८३, सोमबार

कोभिड व्यवस्थापन फितलो ; ७५ चिनियाँ अधिकारीलाई कारवाही

एसीपी संवाददाता

११ भाद्र २०७८, शुक्रबार ००:२१ मा प्रकाशित

बेइजिङ: चीनमा कोभिडको डेल्टा भेरियन्ट भेटिएपछि व्यवस्थापन फितलो पारेको भन्दै ७५ चिनियाँ अधिकारीहरु कारवाहीमा परेका छन् । संसारभर फैलिरहेको डेल्टा भेरियन्ट नियन्त्रणका लागि चीन सरकारले बनाएको मापदण्डअनुसार प्रभावकारी काम नगरेको भन्दै विभिन्न निकायका अधिकारीहरुलाई कारवाही गरेको बताइएको छ ।
ती पदाधिकारीहरुलाई कारवाही स्वरुप पदबाट निकालिएको बताइएको छ । जुलाई २० मा चीनमा पहिलो डेल्टा भेरियन्ट फेला परेको थियो । चीनको ३५ भन्दा बढी प्रान्तमा करिब १२०० डेल्टा भेरियन्टका संक्रमित फेला परेको र दैनिक १ सय नयाँ संक्रमित फेला पर्ने गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x