१२ आश्विन २०८३, सोमबार

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग

एसीपी संवाददाता

६ जेष्ठ २०७८, बिहीबार १२:२० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरिएको माओवादी स्थायी कमिटी सदस्य बर्षमान पुन अनन्तले जानकारी दिनुभयो । बिपत सम्बन्धी घटनाहरु हेर्नका लागि गृह मन्त्रालयमा कानूनी व्यवस्था सहितको निकाय रहेको र स्वास्थ्य जोखिम सम्बन्धी निकायलाई पनि काम गर्न नदिएको भन्दै कानूनी हैसियत नभएको सीसीएमसीलाई खारेज गरिनुपर्ने माओवादीको ठहर रहेको उहाले बताउनुभयो ।

पहिलो चरणको कोरोना महामारीपछि सरकारले आवश्यक तयारी गर्न नसकेको र प्रयाप्त समन्वय गर्न नसकेकाले अध्यक्ष प्रचण्डको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने पुनले बताउनुभयो । त्यस्तै प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलिय सर्वपक्षीय संयन्त्र बनाएर कोरोनासंग जुध्न परिचालन गरिनुपर्ने बैठकको निष्कर्ष रहेको उहाले जानकारी दिनुभयो । त्यस्तै माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा कोरोनासंग जुध्न बनाइएको कमिटी र अन्य नीति तथा अभियान शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने स्थायी कमिटी सदस्य पुनले बताउनुभयो ।

बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने निर्णय गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x