कोरोना पीडितहरुलाई सहयोग गर्न आगाडि आयो थारु समुदाय
श्याम कुमार साहु – नेपालगन्जमा कोरोना संक्रमणबाट जहाँ सक्रमितहरु पीडित छन तर सहयोगी हाथहरु बढीरहेको पनि देख्न सकिन्छ । आज शुक्रबार थारु कल्याणकारी सभाले बाके र थारु कर्मचारी संघकाे पहलमा आज १०० सय पेटी पानी सहयोग गरेको छ । कल्याणकारी सभाका बाके अध्यक्ष विनोद थारु, नगर अध्यक्ष बास्मती चौधरी र थारू कर्मचारी संघ बाँके काे अध्यक्ष जीत बहादुर चौधरी वरिष्ट उपाअध्यक्ष कुल्लाराम थारू उपस्थितमा अञ्जनी माता रसोइलाई १०० पेटी पानी प्रदान गरेको हो । बाकेमा कोरोना महामारीबाट पीडितहरुलाई सहयोग गर्दै आएको अञ्जनि माता रसोइ घरलाई सहयोगदाताहरु सहयोग दिन शुरु गरेका हुन । सो हि क्रममा थारु कल्याणकारी सभाका अध्यक्ष बिनोद थारु हामी अहिले आफ्नो प्रयासले सके जति सहयोग गरेका हौ । अध्यक्ष बिनोद थारुका अनुसार अब थारु कर्मचारी संघ यसारि नै सहयोग गर्दै सक्रिय रहनु सुझाव दिए । अहिले थारु समुदायको राज्य बेवास्ता गरे नि हामी सबै कोरोनालाई पराजित गरेरै छाडने कुरा सबै जना सकारात्मक सोच उच्च मनोबलका लागि पर्ने बताउनु भयो ।भेरी अस्पतालमा अहिले अञ्जनी माता रसोईले बिहानको खाना रु २० र रात्रिमा रु ८० मा उपलब्ध गराउदै छ । कोरोना संक्रमणका कारण अर्सोलेशनमा रहेका विमारीहरुलाई निशुल्क पानी सहयोग गर्दै आएको हो ।



