१२ मंसिर २०८३, शुक्रबार

कोरोना महामारीका बिच नेपालगन्जका ब्यापारीले खिल्ली उडाउदै

एसीपी संवाददाता

१८ बैशाख २०७८, शनिबार १४:३७ मा प्रकाशित

बाँके । जिल्ला प्रशासन कार्यालयले बाँके जिल्ला व्यापी रुपमा निषेधाज्ञा जारी गरेको भए पनि नेपालगन्जमा प्रहरी प्रशासनको सक्रियता शुन्य र नाम मात्रको निषेधाज्ञा जारी भएको छ ।

उक्त निषेधाज्ञाको प्रभावकारिता न्युन छ । नेपालगन्जमा निर्बाध रुपमा यातायात देखि अत्यावश्यकमा नपर्ने पसल समेत संचालन छ । जिल्ला प्रशासनले बैशाख १२ गते जारी गरेको सूचनामा यस अवधि भर अत्यावश्यक वस्तुका पसल र अत्यावश्यकका यातायात मात्र संचालन गर्न अनुमति दिएको भए पनि उक्त निर्णय सूचनामा मात्रै सिमित रहेको बुझिएको छ ।

बाँकेको मुख्य सहर नेपालगन्जको त्रिभुवन, एक्लैनी, धम्बोझी-सेतुबिक चोक, त्रिबेणी मोड – फुल्टेक्रा रोड-पुरैनी रोड, पुरैना रोड, जैसपुर, भृकुटी नगर, लगायतका क्षेत्रमा निर्बाध रुपमा जनता बाटो मै रह्ने गरेका छन ।

प्रशासनले प्रत्येक चोकमा प्रहरी खटाएको भए पनि नेपालगन्जमा चोक भन्दा गल्ली बढी छन । चोकमा प्रहरीले रोक लगाउछ भन्दै प्राय सानो बाटो भएरै हिलडुल गरि रहेको भए पनि प्रहरी प्रशासनले चुइक्क समेत बोलेको छैन ।

तर यसो दिउँसो हुँदैन ! नेपालगन्ज बढी गर्मी हुने सहरमा पर्दछ । गर्मीका कारण दिउँसो गल्ली देखि हाईवे सुनसान भए पनि बिहान र साझको समयमा नेपालगन्ज वासीले कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको हुँदा पनि कुनै प्रवाह नै नगरि बाटोबाटै सबै काम गर्ने गरेको दृश्य देख्न मिल्छ । यता नेपालगन्जमा चुरा पसल, जुत्ता पसल, कपडा पसल, टेन्ट पसल, पुस्तक पसल लगायतका अत्यावश्यकमा न पर्ने व्यवसाय निर्बाध रुपमा कोरोना संक्रमणको जोखिम मोल्दै संचालन छन भने प्रशासनले कुनै चासो लिएको छैन ।

बाँकेमा नामको मात्र निषेधाज्ञा रहेको तस्वीरले आफै प्रष्ट जाहेर गरिरहेको छ । नेपालगन्जको फितलो निषेधाज्ञाको केही तस्बिरहरु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x