१२ आश्विन २०८३, सोमबार
कोरोना संक्रमणका कारण थप एक जना प्युठानकी महिलाको मृत्यु
बाँकेमा कोरोना संक्रमणका कारण थप एक जना प्युठानकी महिलाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत स्वर्गद्वारी नगरपालिका ५ प्युठानकी ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४४ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments



