१२ आश्विन २०८३, सोमबार

कोरोना संक्रमणबाट नेपालगन्जमा थप दुईजनाको मृत्यु

एसीपी संवाददाता

८ भाद्र २०७८, मंगलवार ०६:०८ मा प्रकाशित

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया र कैलालीका महिला हुन् । मधुवन नगरपालिका–४ बर्दियाकी ७० वर्षीया महिलाको गएराती साढे एक बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको २ गते बर्दियामा पीसीआर परीक्षण जाँच गर्दा ती महिलालाई कोभिड पुष्टि भएको थियो । उनलाई ४ गते भेरीमा भर्ना गरिएको थियो । त्यस्तै भजनी नगरपालिका–६ कैलालीकी ५२ वर्षीया महिलाको ७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षणमा कोभिड पुष्टि भएको थियो ।

उनलाई त्यसैदिन भेरीमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको गएराती ८ बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९५ जनाको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x