१२ मंसिर २०८३, शुक्रबार

क्रिश्चियन धर्मप्रचारक पास्टरलाई जेल सजाय हुँदा माधव नेपाल किन चिन्तित , छुट्ट्याउनु मरि हात्तेगर्दै

एसीपी संवाददाता

१७ मंसिर २०७८, शुक्रबार ०५:३४ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले क्रिश्चियन धर्मप्रचारक पास्टरलाई जेल सजाय भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला अदालत डोल्पाले हालै क्रिश्चियन धर्मप्रचारक पास्टर केशव आचार्यलाई २ वर्ष जेल र २० हजार जरिवाना सुनाइएको छ । आचार्यले यशुका नाममा समाजमा भ्रम फैलाउने, अन्धविश्वासमा पारेर धर्म परिवर्तन गराउने कार्य गर्दै आएका थिए । कतिसम्म भने क्रिश्चियन धर्मावलम्बीलाई कोरोना नलाग्ने भनेर धर्म परिवर्तनमा सक्रिय थिए । जनतालाई ठगेर धर्म परिवर्तनमा सक्रिय पास्टरलाई अदालतले जेल सजाय सुनाएको हो । नेपालको संविधानमा धर्म परिवर्तनलाई बर्जित गरिएको छ ।

तर एमालेबाट चोइटिएको नेकपा एसले संविधान कानुन विपरीत क्रिश्चियनको पक्षमा वकालत गर्न थालेको छ । नेकपा एसका अध्यक्ष माधव नेपाल क्रिश्चियन निकट विभिन्न संघसंस्थाको नेपाल प्रमुख छन् । नेपालले सार्वजनिक मञ्चमै पनि बेला बेला क्रिश्चियनको पक्षमा धारणा राख्ने गरेका छन् । अहिले पास्टरलाई जेल सजाय हुँदा उनी चिन्तित बनेका छन् । उनले यसमा छुटाउन प्रयत्न पनि गरिरहेका छन् ।

माधव नेपालका तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एसका नेता राजेन्द्र पाण्डे पनि क्रिश्चियन जोगाउन सक्रिय भएका छन् । पास्टरलाई जिल्ला अदालत जुम्लाले जेल हालेकोमा पाण्डे आक्रोशित बनेका छन् । पाण्डेले धर्म परिवर्तन गराएको अभियोगमा अदालको फैसलाबाट जेल हालिनुलाई लोकतन्त्र विरोधी कदमको संज्ञा दिँदै आपत्ति जनाएका छन् ।

नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर इसाई समाजको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा बुधबार बोल्ने क्रममा पाण्डेले भने, ‘जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको छ । धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत हो, यो लोकतन्त्रविरोधी कदम हो ।’

बागमती सरकार यो घटनामा गम्भीर रहेको भन्दै पाण्डेले केन्द्र सरकारमा पनि आवाज उठाउने घोषणा गरे । पाँच दलीय गठबन्धनको सरकारले क्रिश्चियनलाई जोगाउने उनको भनाइ थियो ।

उनले इसाईहरूका लागि चिहान बनाउने स्थान पनि व्यवस्थापन गरिदिने घोषणा गरे । इसाईहरुलाई चिहान अभावको विषयमा प्रदेश सरकार गम्भीर रहेको भन्दै यो समस्या चाँडै हल हुने उनको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x