खाण महामन्त्रीका लागि जस्तोसुकै त्याग गर्न तयार
२३ गते मङ्सिर २०७८ । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाउँदैछ । संस्थापन पक्षमा महामन्त्रीमा बढी आकांक्षी देखिएका छन् ।
महामन्त्रीका एक प्रमुख दाबेदार हुन् गृहमन्त्री बालकृष्ण खाड । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकदमै विश्वास गरेका खाण महामन्त्रीका लागि जस्तोसुकै त्याग गर्न तयार छन् । यहाँसम्मकी प्रधानमन्त्रीको पछिको दोस्रो वरियतामा रहेका खाडले गृहमन्त्रीसहित सरकारको जिम्मेवारी त्याग्नसमेत तयार छन् ।
यस्तोमा सभापति देउवा पनि खाडलाई समेट्ने पक्षमा छन् । महामन्त्रीमा आकांक्षी धेरै पनि आफ्ना विश्वासपात्र खाडलाई ल्याउने तयारीमा देउवाले ग्रिन सिग्नल देखाएका छन् । बुधबार बुढानिलकण्ठमा भएको छलफलमा पनि खाडले महामन्त्रीमा आफ्नो दाबी रहने र त्यसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको देउवालाई बताएका थिए ।
गृहमन्त्री भन्दा पार्टीको महामन्त्रीको जिम्मेवारीलाई खाणले बटमलाइन बनाएका छन् । खाणलाई जिल्ला जिल्लाबाट प्रतिनिधिले महामन्त्रीमा अघि बढ्न चर्को दबाबसमेत दिइरहेका छन् ।


