१८ आश्विन २०८३, आईतवार

गण्डकीमा ढल्यो एमाले सरकार अब शुरु भयो नयाँ समीकरण

एसीपी संवाददाता

२७ जेष्ठ २०७८, बिहीबार १६:२३ मा प्रकाशित

काठमाडौँ। गण्डकीमा नेकपा एमालेको सरकार ढलेको छ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।

मुख्यमन्त्री गुरुङको विश्वासको मत प्राप्त गरियोस भन्ने प्रस्ताव प्रदेश सभाबाट बहुमतले अस्वीकृत भएको छ।

आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो।

मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

सभामुख नेत्रप्रसाद अधिकारीले मुख्यमन्त्री गुरुङको प्रस्तावलाई निर्णयार्थ पेश गर्दै मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको र विपक्षमा ३० मत आएको जानकारी गराएका थिए।

मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।

प्रदेश सभामा आज खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित भएनन्। उनी स्वतन्त्र सांसद छन्।

अब शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x