१२ मंसिर २०८३, शुक्रबार

गृहमन्त्री खाँणद्वारा बिप्लव नेतृत्वको (नेकपा) सँग भएको सहमति कार्यान्वयनका लागि पहल सुरु

एसीपी संवाददाता

१ कार्तिक २०७८, सोमबार ०६:२१ मा प्रकाशित

०१ गते कार्तिक २०७८ सोमबार । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गर्दै कडा निर्देशन दिनु भएको छ ।

अघिल्लो केपि ओलि प्रधानमन्त्री हुँदा सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा गृहमन्त्री बालकृष्ण खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गर्नुभएको हो । नेपाल सरकार सङ सहमति जनाए पनि बिप्लवका नेता कार्यकर्ता अहिले अन्योलमा रहेका छ्न ।

उक्त छलफलमा विगतका सहमति कार्यान्वयनका लागि भएका काम तथा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री खाँणले सहमति कार्यान्वयका लागि अहिलेसम्म आफूले नेकपाका नेतासँग गरेका कुराकानी र काम कारवाहीबारे जानकारी दिनुभएको थियो । अब वार्ता बाट समाधान गरिने र सहमतिलाई कार्यान्वयन गरिने बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x